हेटौडा/बागमती प्रदेश सभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
मंगलबार सार्वजनिक सडक तथा परिबहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ गरी दुई विधेयक दर्ता भएको सचिवालयका उप सचिव विनोद अमाथ्यले वताए । दर्ता भएको विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा छलफलको लागि प्रस्ताब टेबुल गरिने अमात्यले जानकारी दिए ।
गत असार १९ गते बसेको बैठकले अर्थिक वर्ष ०७७÷७८ को लागि विनियोजित बजेट पारित गरी प्रदेश सभा अनिश्चित समयकोलागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालमा दुई विधेयक दर्ता
