डीएन दाहाल
परिचय
मरुभूमीमा पाइने सलह शिश्टोसर्का ग्रीगारिया , एकिडिडे परिवारको छोटो एन्टेना भएको फट्याग्राको एक प्रजाति हो । यो जीवन वृद्धिको अवधि भरमा अण्डा, निम्फ(होपर) र वयस्क गरि तीन अवस्थाबाट गुज्रिन्छ । यस किराका दूई भिन्न प्रवृति हुन्छन् । किराहरु थोरै संख्यामा भएको बेलामा यिनिहरु एकल प्रवृतिका हुन्छन भने यिनिहरुको संख्याकामा वृद्धि र आहारा कम हुदै जादा एकिकृत हुदै गएर झुण्डमा परिचालन हुने प्रवृतिमा परिवर्तत हुन्छन् ।
यसरि नेपालमा सन् १९६२मा गोदावरि र काठमाण्डौबाट संबल्न गरि यसको आधिकारीक रुपमा यसको पहिचान भएको थियो । त्यसै बर्ष काभ्रेको पनैतिमा मकै बालिमा यसको प्रकोप देखिएको थियो । अहिलेको संन्दर्भमा यस सलह सन् २०१८ मा अरेबियन प्रयदिपमा गमिमौसममा शुरु भएको बंशबृद्धिबाट २०१९को पुर्वाधमा यमन , साउदी अरव,इरान हुदै भारत र पाकिस्थान सिमा क्षेत्रमा यस बर्ष अनुकुल मौसमका कारण बशजबृद्धि भई विसाल झुण्ड तयार भएको हो । झुण्ड निहित अपरिपक्व वयस्कहरु पुर्वतर्फबाट राजस्थानमा प्रवेश गरेको र हालैको अम्फान आधि पछिको पश्चिमी वायुको सहारामा मध्ये प्रदेश र महाराष्ट्र हुदै नेपालको तराइमा प्रवेश गरेको छ ।
पहिचान तथा स्वभाब
यस किराको अवस्था,यस्को एकल र झुण्डमा रहने प्रवृति अनुसार र रङ्ग पनि फरक फरक हुन्छ । झुण्डमा रहने प्रवृतिका सलहको कालो हुन्छ । परिपक्व अवस्थको वयस्क झण्डौ चोर औला जत्रो हुन्छ । सलहको झुण्डहरु दिनको समयमा हावाको वहाव सगै प्रति दिन १५० कि.लो. टाडा सम्म हुल बनाएर उढ्छ । साझ पदौ गर्दा रुख विरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छ र बिहान सूर्यदय पछि १—२ घण्टा घाम तापेर सक्रिय भइ नजिकको आहारा खान्छन् । त्यस पछि मात्र पुनः लामो उडानमा लाग्दछ । यिनिहरु विभिन्न रङ्गका हुन्छन् ।
जीवनचक्र
यसले मरुभुमीमा नरम बालुवामा ५—१० से.मी तल फुल पार्दछ । यसले चामलको दानाको आकारमा अण्डा पार्दछ । एकल प्रकृतिका पोथीले ९०—१६० र झुण्डमा उड्नेले ८० सम्म अण्डा पार्दछ । साधारणतया एउटा पोथीले ७—११ दिनको फरकमा तिन पटक सम्म अण्डा पार्दछ ।
झुण्डमा रहने सलहको अण्डा बाट २ हप्तामा बच्चा निस्कन्छ । यसको अपरिपक्व अवस्थामा बढि नोक्सान पुत्याउछ । यसले यो अवस्थामा लामो दुरी सम्म उढ्न सक्छ । यो वयस्क बन्न करिव ४ हप्ता लाग्दछ । यसरी यसको जीवन चक्र पूरा हुन्छ ।
व्यवस्थापन
क. भौतिक तरिका
१. यसको नियन्त्रणको लागी एकल भन्दा पनि सामुहिकरुपमा मिलेर बास बसेको बेलामा जम्मा गरेर मार्ने ।
२. संमभव भए सम्म बालिलाई जालिले ढाँक्ने । जस्तै नर्सरी,प्लाष्टिक घर ,गमलमा लगाएको बालि आदी।
३. धुवा लगाएर बस्न नदिने
४. विभिन्न माध्यमको प्रयोग गरी आवाज निकालेर पनि धपाउन सकिन्छ ।
ख. विषादीको प्रयोग
सकभर बिषादी प्रयोग नगर्ने यदि विषादी प्रयोग गर्नु परेमा सुरक्षित एप्रोन लगाएर मात्र विषादी प्रयोग गर्ने । सम्पर्क विषादी प्रयोग गर्ने तर खाद्यन्न बालिमा बसेर असर पुत्याउन सक्ने अवस्थामा मात्र विषादीको प्रयोग गर्ने ।
विषादीहरु
मालाथिन, क्लोरोपाइरिफस, डेल्टामेथ्रिन,ल्याम्डा साईहेलोथ्रिन लगाएतका विषादी प्रयोग गर्दा राम्रो हुन्छ ।
लेखक दाहाल बागमती प्रदेशको कृषि बिकास निर्देशनालय हेटौंडाका बालि संरक्षण प्राविधिक सहायक हुनुहुन्छ ।