मकवानपुर । मकवानपुरको अत्यन्त विकट स्थान काप्रागं ३ को माईलमाया मोक्तानको ग्रामीण आँखा केन्द्र ईन्द्रसरोवरामा आयोजित निशुल्क आँखा शिविरमा दुवै आँखाको शल्यक्रिया पश्चात ३ वर्ष पछि पूर्णरुपमा देख्न सक्ने भएकी छिन् ।
ईन्द्रसरोवर गाँउपालिका र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा संचालित आँखा शिविरमा
ईन्द्रसरोवर खानिखेतमा ३ घण्टाको बाटो हिडिरे ७९ वर्षिय माईलीमाया आएकी थिइन् ।
हेटौडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. एलिना गौचनकोको नेतृत्वमासंचालित आँखा शिविरमा आँखाको शल्यक्रिया पश्चात दृष्टि फेरीएपछि मुस्कुराउँदै तामांग भाषमा हिर्षित हुंदै उनले भनिन, ङाला मी आपरेशन लसिमाम, मी म¥यागंजी बृद्ध भत्ता किनबरे ङाला ब्राईलाभा नि (अपरेशन पश्चात आँखा देखे, यो आँख्याले गर्दा बृद्ध भत्ता लिन जान पाएको थिएन, आब आफै हिडेर जान्छु )
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका स्थित बकैया खोला आसपासमा झुलेको काँस । विशेष गरी बालुवा र बालुवा मिश्रित माटोमा उम्रने काँस फूल्दा यतिबेला खोलाको बगर लोभलाग्दो भएका छन् ।
खोलाको कलकल ध्वानी, सिरसिर बतासमा लहलहराइरहेको काँस अहिले फोटोका पारखीहरुको लागि आकर्षक बनेको छ ।हरेक वर्ष काँस फुल्ने र फूल छिच्पिदै गएपछि हावाले उडाएर ठिङ्गाे बाेट सुख्खा बन्ने गरेको छ, सुकेको काँसलाई छाना छाउनेलगायतको काममा प्रयोग गर्ने गरिएको भएपनि यसको फूलको उपयोगीताबारे चासो राखेको देखिन्दैन ।
डिभिजन वन कार्यालय मनहरी राप्ति मकवानपुरको प्रमुख विष्णुप्रसाद आचार्य यसको प्रयोगबारे खोज आवश्यक भएको बताउँछन् । ”यसको फूलबाट सिरानी, डसना आदि बनाउन सकिन्छ, यतातर्फ हामीले कहिले सोचेका छैनौ, यो पनि गैरकष्ठको एउटा राम्रो आम्दानी हुन सक्थ्यो” डिएफओ आचार्यले भने “काँसको क्षेत्रमा काम गर्ने हामीसंग कुनै संघसंस्था वा कोहि सरकारी निकाय छन् की खोज आवश्यक छ ।
नदि उकास जमिन, नदि किनारमा माटोलाई स्थापित गर्नमा काँसको विशेष भूमिका रहने उनले बताए । काँसलाई बातावरणीय सेवाको बारेमा पनि छलफल चलाउ पर्ने उनी बताउँछन् ।
मकवानपुर । सरकारले हालै ल्याएको शिक्षा विधेयक विरुद्ध शिक्षकहरू कक्षा छाडेर सडकमा उत्रेपछि सरकार वार्ताको लागि सकारात्मक भएको छ ।
विद्यार्थीको भबिष्य नै डामाडोल हुनेगरी शिक्षा विधेयक दर्ता भएपछि अहिले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू राजधानी काठमाडौ केन्द्रित आन्दोलनमा छन् । आन्दोलनपछि शिक्षकहरू मागलाई सम्बोधन गर्ने गरि वार्ता सुरू भएको छ । अहिले वार्ता जारी रहेको बुझिएको छ ।
तस्वीरहरू सौजन्य: कृष्ण पोखरेल, सिद्धार्थ मावि हेटौंडा
र याे पनि..
सिमसार (साना साना पोखरी) व्यवस्थापनः सुनाचुरी सामुदायिक वन र सिस्नेरी पाखा सामुदायिक वनमा बनाइएका साना पोखरी (सिमसार) l केही पोखरी समुहले आफ्नै खर्चमा र डिभिजन वन कार्यालयकाे सहयोगमा निर्माण र व्यवस्थापन गरिएका छन् l देश्ब्यापी रुपमा चुरे तथा भावर क्षेत्रमा साना साना हजारौ रिचार्ज पोखरी बनाइ व्यस्थापन गर्न सकिन्छ । तस्विरः सहीखबर
मकवानपुर । कृषि प्रधान देशमा किसानलाई आइपर्ने समस्याकाे राज्यले सम्बाेधन नगरेकाे भन्दै शुक्रबार विराेध प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान महासंघ तथा किसान संजालले किसानका समस्या समाधन नभएकाेमा विराेध प्रदर्शन गरेकाे हाे । किसानहरुले विरोध प्रदर्शनमा पशुहरुमा लागेकाे लम्की स्कीनकाे महामारीका सम्बन्धमा सदनमा पटक पटक आवाज उठाउँदा समेत सरकार मौन रहेकाे विमा कम्पनीहरूले पशुवस्तुको विमा तथा नविकरण नगरेकाे लगायतकाे मागका सम्बन्धमा ध्यानाकर्षण गरेका थिए । सातै प्रदेशमा भएकाे विराेध तथा धर्ना कार्यक्रम मकवानपुरकाे हेटौडा १० बुद्धचाेकमा भएकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे वंशगाेपाल प्राविधिक विद्यालयका विद्यार्थीहरुले धान दिवसकाे दिन धान राेपेका छन् । मकवानपुरगढी गाउँपालिकाकाे सहयाेगमा उनीहरुले विद्यालयले भाडामा लिएकाे खेतमा धान राेपेका हुन् । धान दिवसकाे दिन गाउँपालिकाकाे कृषी शाखाले विशेष कार्यक्रमकाे संयाेजन गरेकाे थियाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष दाेर्जे लामालगायत कार्यपालिका सदस्य तथा कमर्चारीहरुकाे समेत उपस्थिति रहेकाे थियाे । हेर्नुहाेस केही तस्बिरहरु ।
तस्बिरहरु सहीखबर डट कम
मकवानपुर / व्यवसायकाे लागि घरकाे छतबाट गैरकानूनी रुपमा हालिएका छत (पाली) हटाउने कार्यलाई हेटाैडा उपमहानगरपािलकाले निरन्तरता दिएकाे छ । एक साता अघिबाट हेटौंडा बजार क्षेत्रका घरका छाना हटाउन शुरू गरिएको हाे ।
हालसम्म ३८० पालीहरु हटाइएकाे नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए। “केही घरधनीले आफैं छाना हटाएका छन्, धेरै ठाउँमा हामीले हटाइरहेका छौ,” ढकालले भने । उनका अनुसार हेटौंडाको सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बनाइएका एक हजार घरका यस्ता छानाहरु हटाउनुपर्ने छ। २५ मिटर राजमार्ग विस्तारकाे सवाल तातिरहेकाे बेला उपमहानगरपालिकाले पाली हटाउने कार्य सस्ताे लाेकप्रियता भएकाे टिप्पणी गरिएकाे छ ।
तस्बिरहरु साैजन्य : नेत्रप्रसाद ढकाल
काधमा जिम्मेवारीः कास्की जिल्लाको लुम्लेबाट मार्दी हिमाल वेश क्याम्पसम्म व्यापारकाे लागि सामान खर्पनमा ओसार्दै गरेकाे एक व्यक्ती । उनीसँगकाे कुराकानीमा ३ दिन लगाएर वेश क्याम्पसम्म सामानको भारी पुर्याउने र सकिए पछी पुनः लुम्लेसम्म सामान लिन आउने गरेकाे बताए । उनले गर्ने गरेकाे याे श्रमले जीवन धान्नकै लागि जिम्मेवार बाेध गराउँछ । उक्त क्षेत्र नेपाली तथा विदेशी पर्यटकहरुकाे रमणीय तथा सजिलाे पैदलमार्गमा पर्दछ । तस्विरः आरपी गुरागाईं/सहीखबर
पढाई र सिकाइसंगै: हेटौंडामा शुक्रबार भएको शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रममा सरकारीसंगै निजि विद्यालयको उत्साह जनक उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा र शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा भएको प्रदर्शनीमा २६ वटा स्टलमा सामाजिक, गणित र विज्ञान प्रदर्शनी गरिएको थियो ।
तस्बिरहरु: आरपी गुरागाई/सहीखबर