मकवानपुर/हेटौंडाको हुप्रचौरमा जारी मेयरकप फुटबल प्रतियोगितामा सोमबार २ खेल भएका छन् । सोमबार भएको खेलमा वडा नम्बर ५ र वडा नम्बर १८ विजयी भएको छ ।
सोमबार भएको पहिलो खेलमा १२ नम्बर वडालाई १८ नम्बर वडाले २–१ गोलअन्तरले हराएको छ ।
म्यान अफ द म्याच वडा नम्बर १८ का रोशन मोक्तान घोषित भए । यस्तै सोमबार भएको दोस्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई टाइब्रेकरमा ७–६ गोलअन्तरले हराएको छ । म्यान द म्याच वडा नम्बर ८ का विजयी बिक घोषित भए ।
निकै प्रतिस्पर्धात्मक खेल भएता पनि ८ नम्बर वडाका खेलाडीहरुले लक्षित आक्रमण कम गर्दा खेलमा नतिजा नआएको देखिन्थ्यो । २४ गते फाईनल हुने प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।