मकवानपुर । हेटाैडा उपमहानगरपािलका नगर खेलकुद परिषद्काे अायाेजनामा हेटाैडामा जारी मेयरकप फुटबलमा शनिबार भएकाे खेलमा ९ र १९ नम्बर वडा विजयी भएको छ ।
हेटौंडा—४ स्थित हुप्रचौरमा शनिबार भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १७ लाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समय खेल २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि ५–५ गोलको बराबरी हुँदा खेल सडनडेथमा पुगेको थियो । खेलमा वडा नम्बर ९ का तर्फबाट डेभिड रुम्बा र पूर्ण श्रेष्ठले एक–एक गोल गरे । वडा नम्बर १७ का लागि २ गोल गरेका समीर थोकर म्यान अफ द म्याच घोषित भए पनि टिमलाई जिताउन भने सकेनन् ।
यस्तै शनिबार भएको दोस्रो खेलमा वडा नम्बर १९ ले वडा नम्बर १६ लाई १–० गोलले पराजित गरेको छ । वडा नम्बर १९ लाई जित दिलाउन अजय थोकरले निर्णायक गोल गरे । थोकर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ र उपविजेताले नगद एकलाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सर्वोत्कृट खेलाडी र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत विधागत रुपमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।