मकवानपुर ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षकाे मकवानपुरको अध्यक्षमा मुनु सिग्देल तथा सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौं उपत्यकाका ३ जिल्ला सहित ६८ जिल्लाको नेतृत्व चयन गरे सँगै मकवानपुरमा सिग्देल र पुलामी अध्यक्ष र सचिवमा चयन भएका हुन्।
गत माघमा स्थायी कमिटिले निर्णय गरी रिक्त पदहरुमा पदपूर्ति गर्न केन्द्रीय सचिवालय अधिकार प्रत्यायाेजन गरे अनुसार ६८ जिल्लाको जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।
बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने उक्त समूहले जानकारी दिएको छ । ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।
हेर्नुहाेस सूची