मकवानपुर/आँचल साहित्य कलापुञ्ज मकवानपुरले यसवर्ष १० जना स्रष्टाला विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने भएकाे छ । आँचलले आगामी फागुन २२ गते प्रदान गर्ने सम्मान तथा पुरस्कारको बारेमा शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी सार्वजनिक गरेको छ ।
नारी साहित्यकारहरुले २०६९ साल मङ्सिरको २४ गते स्थापना गरेको संस्थाले साहित्य,कला
पत्रकारिता एवम् संस्कृतिको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्दै आएको छ । संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा साहित्यसेवी तथा पुरस्कार संस्थापक मुक्ति गोविन्द वैद्यसहित कार्यसमितिका पदाधिकारी सदस्यको सहभागिता रहेको थियो ।
घोषणा गरिएको सम्मान तथा पुरस्कार आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको अवसरमा २०७७ फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमका बीच प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७७ (१० हजार राशिको) चितवन निवासी समाचालोक÷कविज्ञानु अधिकारीलाई प्रदानगर्ने निर्णय भएको छ । प्रतिभा धिताल छन्द पुरस्कार–२०७७ (दश हजार राशिको) बाट नवलपरासी निवासी कृष्णदेवि शर्मा, ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०७७ (सात हजार पाँचसय राशि)बाट प्रतापविष्ट, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७७ (११ हजार १ सय ११ राशि) बाट कवि ललिता दोषी सम्मानित भइसक्नु भएको छ । सम्मानित गरिने भएको छ ।
यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७७ (१५ हजार राशि) बाट काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालि, मंगलादेवि श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान–२०७७ ( ३ हजार पाँचसय राशि) बाट छात्र प्रज्वल ढुंगाना, वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान–२०७७ ( ५ हजार राशि) बाट साहित्यकार रामचन्द्र आचार्य (फूर्सती) लाई प्रदानगर्ने निर्णय
गरिएको छ ।
यसैगरी मुक्ति–तारा नवप्रतिभा सम्मान–२०७७ (५ हजार राशि) बाट मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साललाई प्रदा नगर्ने निर्णय भएको छ । यस्तै सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०७७ ( १० हजार राशि) बाट मकवानपरे साहित्यकार सुवास खनाललाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी आँचल सम्मान–२०७७ (५ हजार राशि) बाट कलाकार चित्रकार सूर्य सन्यासीलाई सम्मान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले बताइन् ।