मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते संगित थेरापी कार्यक्रम शुक्रबार संचालन गर्ने भएको छ ।
बिभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाब मुक्त बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले शुक्रबार साँझ ४ बजे हेटौंडाको बुद्ध चोकमा संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले बताए ।
बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा बिभिन्न प्रकारका सांगितिक धुनहरु मार्फत तनाब व्यवस्थापनको प्रयाश गरीने हुँदा उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै आम नागरिकहरुलाई सहभागी हुन समेत बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले अनुरोध गरेको छ ।