मकवानपुर । हाम्रो घर बालगृहलाई मंलगबार हेटौंडा लेडी जेसीसले शैक्षिक सामाग्री सहयोग गरेको छ । सरस्वती पुजाको अवसर पारेर हेटौंडा ५ मा रहेके बालगृहलाई शैक्षिक सामाग्री तथा मनोवैज्ञानिक उपयोगी पुस्तक सहयोग गरिएको वर्ष २०२१ का अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।
हेटाैडा उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष राजेश बानियाँको प्रमुख अतिथ्यता भएको कार्यक्रममा बानियाँले बालगृहको संरक्षक इन्दिरा न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा लेडी जेसीसका पूर्व अध्यक्ष रश्मि बस्नेत सहित जेसीस पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।