मकवानपुर । मकवानपुर सहकारी अस्पताल हेटाैडाको अध्यक्ष पदमा विष्णुगोपाल महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाबाट महर्जन तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. हरिबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको ११ औं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा नरोत्तम दाहाल, सचिवमा संग्राम श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन विडारी, सहसचविमा चम्पा कोजु चयन हुनुभएको छ । यस्तै सदस्यमा मुकुन्द सुवेदी, विश्वराज सिग्देल, सुष्मा तिवारी, प्रतिक सुवेदी, ज्योति कापर र गोविन्द अर्याल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ ।
वार्षिक साधारणसभाको अवसरमा सहकारी अस्पतालमा कार्यरत डा. राघवेन्द्र ठाकुर, डा. राम विद्या प्रसाद चौधरी, अनमी रागिनी जैसवाल, पूर्णिमा केसी, कार्यालय सहयोगी इन्द्रमाया थापालाई सम्मान गरिएको छ ।
हेटौंडा–१, भिन्तुनापथस्थित सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित २५ बेडको सहकारी अस्पतालले पछिल्लो समय सेवाको क्षेत्र र स्तर दुबैमा विस्तार गर्दै आएको छ । सहकारी अस्पतालले हालै ट्रमा सेन्टरसहित सेवा विस्तार गरेको छ ।