मकवानपुर । बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शनिबारबाट सुरु गरेको छ । रेडियोले १३ वर्ष पुरा गरी १४ औ वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रम गरेर वार्षिकउत्सव मनाउन लागेको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतले बताए ।
साताव्यापी कार्यक्रमको पहिलो दिन शनिबार मकवानपुरगढी गाँउपालिकाको बालमैत्री स्थानीय शासन नितिगत अवलम्वन तथा घोषणा अभियानमा साईकल र्याली गरेको छ । रेडियोको प्राङ्गणबाट शुरु हुने र्याली मकवानपुरगढी गाँउपालिकाको वडा नम्वर ६ को डुम्रेकुनामा पुगेर अन्तरक्रियामा परिणत गरिएको हो । अतरक्रियामा गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाईले सम्बोधन गर्दै भौतिक विकास संगै अब सामाजिक विकास गरिनुपर्ने भन्दै बालमैत्रीको अभियान कार्यक्रम ल्याइएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि केन्द्रका संयोजक अरुणराज सुमार्गीले गाउँपालिकाले जुन बालमैत्री अभियान चलाएको छ प्रशंसा गर्दै छिट्टै अभियान सफल होस भनी शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहाल, गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकार, रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले गाउँपलिकाको बालमैत्री अभियान र कृषि पर्यटनका विषयमा आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, रेडियोका सञ्चालक अंकिता सुमार्गी, बालमैत्री कार्यक्रम संयोजक राम प्रसाद दहाल, सानिमा लाइफ ईन्स्योरेन्सका प्रमुख अजय फुयाल, गाउँपालिकाका रोजगार कार्यक्रम संयोजक कविराज हुमागाई, टोल विकासका अध्यक्ष, विद्यालयका अध्यक्ष, हेटौंडा राइडर्स क्लबका साइकल राइडर्सहरु, पत्रकार र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम बिन्दाबासीनी मिडिया प्रा.लिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको थियो ।
यसैगरी कार्यक्रमको दोस्रो दिन आइतबार फागुन २ गते रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक कार्यक्रम, फागुन ३ गते बुद्धचोक हेटौडामा बिहान ८ः०० बजे देखी अपराह्न ४ः०० बजे सम्म बृहत रक्तदान, ४ गते मनहरी गाउँपालिका ४ मसिने गोलघरमा व्यवसायिक माछा पालनको प्रवद्र्धनमा गाउँपालिकाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम, फागुन ५ गते सवारी दुर्घटना न्युनिकरण, कानुनी व्यवस्था र नागरिकको दायित्व विषयक मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता, ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपुर्ण फुटबल हुनेछ भने अन्तिम दिन फागुन ७ गते थाहासम्मान तथा १३ औ वार्षिकोउत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने गौतमले जानकारी दिए ।