मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २७ जना काेराेना संक्रमित थपिएका छन् । गत २४ घन्टामा ४ हजार पीसीआर परीक्षण भएकोमा १ सय २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ। हाल देशभर १ हजार ७ सय ७ सक्रिय संक्रमित रहेका छन् । ६२ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएकाे छ।