मकवानपुर । बागमती प्रदेश सरकारले तेस्रो वर्ष पुरा गरेको छ । आफ्नो तेस्रो बार्षिकोत्सव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार बिहान गरिएको छ ।तेस्राे वर्ष पुरा गरेकाे उपलक्ष्यमा प्रदेश सरकारले ३ वर्षभरी गरेका कामको विवरण समेटिएको पुस्तक समेत विमोचन गरेको छ ।
वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बिभिन्न मन्त्रालयबाट उत्कृष्ट काम गर्ने कर्मचारी, बिभिन्न संघसंस्था र कर्मचारीहरु समेतलाई सम्मान गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव कार्यक्रम भएकाे हो ।









