मकवानपुर । अदालतबाट सवारी ज्यान मुद्दा र लागूऔषध मुद्दामा दोषी ठहर भई तोकिएको कैद तथा जरिवानाको सजाय भुक्तान नगरी फरार रहेका दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
तत्कालिन पुनरावेदन अदालत हेटाैडा (उच्च अदालत पाटन हेटौडा इजलास) को २०५८ साल जेठ ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटाैडा उपमहानगरपालिका १४ ( चुरियामाइ गाविस वडा नं. १) बस्ने वर्षा ५९ काे कुल नरसिंह गोङवा तामाङ लाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालत मकवानपुर २०६८ माघ ३० गतेको फैसालाले लागुऔषध गाँजा चरेस मुद्दामा ४ वर्ष कैद र पचास हजार जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी मनहरी गाउँपालिका वडा नं ०९ बस्ने वर्ष ५१ को दिनेश उप्रेतीलाई पक्राउ गरिएकाे प्रवक्ता रानाले बताए ।
माघ २७ गते मंगलबार गोङवा तामाङ लाई हेटौडा १५ बाट तथा उप्रेतीलाई मनहरी ९ ज्यामिरेबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।