- मसान उपासक
यो देशमा
राजाहरु आए
पञ्चहरु आए
बहुदलबादी आए
गणतन्त्रबादि आए
जो आए सबै सबै पचाएर गए ।
यो देशमा
शिक्षकहरु आए
पत्रकारहरू आए
कर्माचारीहरु आए
ठेकेदारहरु आए
जो आए सबै सबै पचाएर गए ।
ज–जसले खाए यो देशलाई
एउटा चुईगम जसरी
फुलाए, पट्काए र फेरि फुलाए
चपाए, चुसे र फेरि चपाए ।
तर के गालि गर्नु र यिनिहरुलाई
अफ्रिकामा खाए तर अघाएनन्
एशियामा खाए तर अघाएनन्
युरोपमा खाए तर अघाएनन्
उत्तर अमेरिकामा खाए तर अघाएनन्
दक्षिण अमेरिकामा खाए तर अघाएनन् ।
यत्रो देश जावो एउटा चुईगम जसरि घाटिमा
अड्काउन पाउनुपर्छ भनेर हिडिरहेको
एउटा मान्छेलाई तपाईंले बाटोमा भेट्नुभयो भने सोध्नु
सडकमा ओर्लिएपछि हजुरले
निर्मलाका बाआमा पनि देख्नुभयो कि
सिंहदरबार अघिल्तिर सुतिरहेको सपना मात्रै ?

बकैया–४, मकवानपुर