मकवानपुर । मकवानपुर जिल्लाका स्थानीय तहकाे शिक्षा अधिकारीहरुले अन्तरस्थानीय तह कार्यसम्पादनका विषयमा छलफल गरेका छन् । स्थानीय तहकाे शिक्षा क्षाेत्रका कार्य अनुभव आदानप्रदान, समन्वय र सहकार्य मार्फत प्रभावकारी रूपमा काम गर्न हेटौंडा उपमहानगरपालिकामा शुक्रबार अनौपचारिक कार्यक्रम गरिएकाे हाे ।
संविधानकाे व्यवस्था अनुसार स्थानीय तहलाइ शिक्षाकाे अधिकार प्राप्त भए पछी मकवानपुरका स्थानीय तहमा भएका शिक्षा क्षेत्रका कार्यहरूकाे अनुभव आदानप्रदान, समन्वय र सहकार्य गरी प्रभावकारी रूपमा कसरी काम गर्न सकिन्छ साे बारेमा अनाैपचारिक छलफल गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।
थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मीको प्रस्तावमा अनौपचारिक छलफलको प्रयास भएको र आगामी दिनमा नियमित छलफल र अनुभव आदानप्रदानको अभ्यासलाई नियमित गर्ने सहमति भएको रिमालले बताए ।
पालिकाहरूका शिक्षा शाखामा अनुभवी सँगै नयाँ कर्मचारी कार्यरत रहेका कारण आपसमा अनुभव आदानप्रदान गर्दा शिक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सकिने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।