मकवानपुर । मंगलबार मकवानपुरक चार स्थानीय तहमा स्वास्थ्य भवन शिलान्यास गरिएको छ । २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको हो ।
भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुने भवन अन्तरगत मंगलबार मकवानपुरको थाहा नगरपालिका–११, टिष्टुङ्ग स्थित १० कोठे स्वास्थ्य चौकीको भवनको राष्ट्रिय सभा सदस्य रामनारायण विराडी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले संयुक्त शिलान्यास गरका हुन् ।
यस्तै राक्सिराङ–८, खैराङ्ग स्थित २२ कोठे स्वास्थ्य चौकी भवनको प्रदेशसभा सदस्य सन्त चेपाङ्, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल शिलान्यास गरेका हुन् । त्यस्तै भीमफेदी–४, निवुवाटार स्थित ९ कोठे स्वास्थ्य चौकी भवनको भीमफेदी गाउँपािलका अध्यक्ष हिदम लामाले तथा बकैया–२, धिँयाल स्थित स्वास्थ्य चौकी भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले शिलान्यास गरेका छन् ।
टिष्टुङ्ग र खैराङ्गकाे स्वास्थ्य चौकी १८ महिना भित्र तथा धिंयाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको जिल्ला अायाेजना कार्यान्वयन इकाइ भवनले जनाएकाे छ । हो । ४ वटा स्वास्थ्य संस्था भवनको कुल लागत १० करोड ४९ लाख ८२ हजार ८२१ रुपँयामा ठेक्का सम्झौता भएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) ले जनाएको छ ।