मकवानपुर । भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा रामेश्वर राना मगर नियुक्त भएक छन् । विहीबार बसेकाे मन्त्रीपरिषद बैठकले आयोग मकवानपुरको अध्यक्षमा रानालाइ नियुक्त गरेको हो ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका सहइन्चार्ज समेत रहेका रानालाई आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको हो । यस्तै आयोगको जिल्ला विज्ञमा हेटौंडा ४ का तुलसी प्रसाद रिजाल र सदस्यमा हेटौंडा ८ का प्रतिमा श्रेष्ठलाई नियुक्त गरेको छ ।
समितिको अध्यक्षले नेपाल सरकारको सह सचिवको सुविधा पाउनेछन् भने विज्ञ र सदस्यले उप सचिव सो सरहको सुविधा पाउनेछन् । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन, अव्यवस्थित बसाेवासी, दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गरेको हो ।