मकवानपुर । नवोदय साहित्यिक बगैंचाले भर्चुअल सहिद दिवस विशेष कार्यक्रम गरेको छ l माघ १६ गते सहिद दिवसको अवसरमा महान् ४ सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दसरथ चन्द एवम् शुक्रराज सास्त्रीको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी, रचना वाचन तथा वक्तृत्वकला प्रतियोगिता गरेकाे हाे ।
वक्तृत्वकला प्रतियोगिता जीएस निकेतनकी उषा अधिकारी, तुलसी मेहरका प्रमिश रानाभाट नवोदय शिशु सदनका प्रिन्स बर्तौला उत्कृष्ट ३ मा पर्न सफल भएका छन् । ९ वटा विद्यालयहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा विनिता कार्की र दिप्सिका घिमिरे रहेका थिए ।
विद्यार्थीको बोलाई क्षमता तथा खोज अनुसन्धानको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबकी अध्यक्ष इलिशा पराजुलीले जानकारी दिइन् l उत्कृष्ट हुनेहरूलाई क्लबले विद्यालयमा नै बोलाएर पुरस्कार दिने पराजुलीले बताइन् ।