मकवानपुर । एफसी विजय यूथ क्लब हेटाैडाकाे आयोजनाहेटौंडामा भईरहेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप अन्गरगत शनिबार भएको खेलमा हर्दी युवा समाज चितवन र दुधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलमा हर्दी युवा समाज चितवनले वीरगञ्ज युनाइटेडलाई २–० र दुधौली स्पोर्टस् क्लब सिन्धुलीले वीरगञ्ज युथ एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । चितवनको जीतमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कमालले १३ औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश म्यान अफ दी म्याच घोषित भए ।
यस्तै शनिबार नै भएको दोस्रो खेलमा ट्राईबे्रकरमा सिन्धुलीले नतिजा आफ्नो पक्षमा पारेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा टुंंगिएपछि सिन्धुलीले एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । टाइब्रेकरमा म्यान अफ दी म्याच भएका सिन्धुलीका गोलरक्षक रेम्बो चौधरीले दूईवटा प्रहार बचाएका थिए । सिन्धुलीका लागि टाइब्रेकरमा विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बु र प्रताप राईले गोल गरेका थिए र वीरगञ्ज युनाइटेडका अजय चौधरी र शेष श्रेष्ठले गोल गरेका थिए । वीरगञ्जका कृष्ण शाक्य र आदित्य शाक्यका प्रहार सिन्धुलीका गोलरक्षक रेम्बोले बचाएका थिए । निर्धारित समयमा वीरगञ्जको तर्फबाट आदित्य शाक्यले गोल गरेका थिए । सिन्धुलीका प्रताप राईले बराबरी गोल गरेका थिए ।
एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।