मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालविवाह रोक्नका लागिअभियान सुरु गरेको छ । बालबिवाह रोक्नकाे लागि प्रहरीले बुधबार विभीन्न समुदायका अगुवासँग छलफल गरेको छ ।
बुधबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रमा उपस्थित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले बाल बिबाह नियन्त्रणका लागि लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बालबिवाह हुन नदिनका लागि प्रहरी पनि समुदायसंगकै साझेदारीमा लाग्ने बताए ।
मकवानपुर प्रहरी प्रमुख राठौरले मकवानपुरमा बाल विवाहको अवस्था र त्यसको कानुनी व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा हेटौँडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौँडा–४ मा रहेको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम मोक्तान, मकवानपुर इसाइ समाजका सचिव मिलन कडेल, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेन, कलाकार सुसान्त श्रेष्ठ पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाइ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर राना, प्रहरी निरीक्षक अमरप्रसाद गजमेर, अविनाश अधिकारी, राजकुमार सापकोटा लगायतका विभिन्न धार्मिक मठ मन्दिर तथा संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो ।