मकवानपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर शुक्रबार बाँडफाँड हुने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले बुधरबार प्रि अलोटमेन्ट सकिएर धितोपत्र बोर्डमा विवरण बुझाइ बोर्डबाट स्वीकृति पाए पछी शुक्रबार शेयर बाँडफाँड गर्ने भएको हो ।
बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।
बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले ठुलो भोलुममा शेयर निष्काशन गरेकोले शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउनेछन् । यो आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको २.३९ गुणा बढी हुन आउँछ । बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने पक्का छ ।
५० कित्ता सम्म माग गर्ने वितरण भएर बाँकी रहेको शेयर पुन गोला प्रथाबाट शेयर वितरण हुनेछ । त्यस अनुसार अधिकतम ६० कित्ता सम्म शेयर पाउने देखिन्छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।