मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । गत अार्थिक वर्ष २०७६।०७७ मा अख्तियारको हेटौंडा कायार्यालयबाट भएका कामको विबरण प्रदेश प्रमुख प्रसाइ समक्ष पेस गरिएको हो ।
आर्थिक वर्ष २०७६। ०७७ को बार्षिक प्रतिबेदन आयोगका हेटौंडा स्थित कार्यालयका प्रमुख बाबुराम खतिवडाले प्रदेश प्रमुख समक्ष पेस गरेका थिए । प्रतिवेदन बुझेपछी अख्तियारले सुशासनका लागि धेरै काम गरेको प्रदेश प्रमुख प्रसाईले बताए।