मकवानपुर/ मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकाकाे नवौ गाउँसभा साेमबार गरिएकाे छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लकाे अध्यक्षतामा भएकाे गाउँसभाले मकवानपुरका २ जना पत्रकारहरूलाइ सम्मानित गरेकाे छ ।
गाउँपालिकाले साेही अवसरमा पश्चिम मकवानपुरको मनहरीमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशी र पत्रकार श्रीराम अर्जुनलाई सम्मान गरेको छ । नगद र प्रशंसापत्रसहित सञ्चारकर्मी काशी र अर्जुनलाई बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहितले सम्मान र नगद प्रदान गरेका थिए ।

राक्सिराङ गाउँपालिकाको चेपाङ समुदाय र अन्य सामाजिक सुधारका विषयमा योगदान गरेको भन्दै काशिलाई सम्मान गरिएको हो । २०५८ सालदेखि पत्रकारितामा निरन्तर लागिरहेका काशी हाल रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर, मनहरी लाइभ डटकमका सम्पादक र थाहादर्शन साप्ताहिक पत्रिकाका सम्पादक हुन् । यसैगरी पत्रकार अर्जुन मकवानपुरगढी साप्ताहिकका सहसम्पादक, इमेज टेलिभिजनका जिल्ला संवाददाता तथा सिधा खबर अनलाइका सम्पादक हुन् ।
सम्मानपछि दुबै जना पत्रकारहरूले सम्मानकाे कारण कार्यक्षत्रमा खट्नकाे लागि थप उत्साह भरिएको र जिम्मेवारीबोध भएको बताए ।