मकवानपुर/मकवानपुरका अगुवा महिलाहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरलाई बिदाई गरेका छन् ।
मकवानपुर जिल्लामा प्रहरी प्रमुखको रुपमा रहेका राठौर जिल्लाबाट सरुवा भएर जानलाग्दा अगुवा महिलाहरुले जिल्लामा रहेर काम गर्दा आफूहरुसँग भएको समन्वयप्रति हार्दिकता जनाउँदै बिदाइ कार्यक्रम गरिएको भीमफेदी गाउँपालिका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघ मकवानपुर अध्यक्ष पार्बती रानाले बताइन् । महिला तथा बालबालिकाकाे केसमा प्रहरी प्रमुख राठाैरले गरेकाे समन्वय प्रति रानाले खुसि व्यक्त गरिन् । बिदाइ कार्यक्रम प्रहरी प्रमुख राठौरले मकवानपुरमा रहँदा सबै पक्षको सहयोगको कारण नै प्रहरी सफल हुने बताए । आफ्नो कार्यकालमा महिला र बालबालिकामाथि ठुलाठुला अपरधिक घटना भएको र त्यस्ता घटनाका आरोपिलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सकारात्मक सहयोग मिलेको उनले बताए ।
यसैगरी गाँजा फडानी, महिला बालबालिका माथिको हिंसा न्यूनीकरण गर्ने कार्यमा सहयोग मिलेको उनले बताए । “म आएपछि मात्रै ९१ जना युवा गाजाको कारण जेल पुग्न परेको छ, गांजाको कारण युवालाई जेल पु-याउने कि,गाजा नष्ट गर्ने” उनले भने “राजनीति तहका व्यक्ति गाजा नलगाउने कुरामा कन्भिन्स हुनुपर्छ ।”
कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठले सहकारीहरु चोरीको आतंकमा रहेको बताउँदै सुरक्षा मजबुत बनाउन पर्ने बताइन् । कार्यक्रममा हेटौंडा–१० को जनप्रतिनिधि साधना श्रेष्ठले बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा हुनुपर्ने बताइन् ।

यसैगरी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले नेपाल प्रहरी संगठन सधैं कानुन संगत कदमको लागि लडिरहेको बताए । कार्यक्रममा शिक्षक संगठनका प्रतिनिधिहरु, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु, वडा सदस्यहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका सालिकराम पुडासैनी,सञ्चारकर्मीहरुले उपस्थिती रहेको थियो ।