मकवानपुर/ हेटौंडा उपमहानगरपालिकाले आठौ नगरसभाले केही योजनाहरु परिवर्तन गर्नुका साथै कानुनहरु समेत संसोधन गरेको छ । आइतबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगर सभाले विभिन्न वडाहरुबाट संशोधनका लागि प्रस्तावित तथा नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका अनुसुची बमोजिमका योजना तथा कार्यक्रमहरु संशोधन स्वीकृति गरिएको हो ।
उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकास सम्वन्धि विधेयक, २०७७ नगर कार्यपालिकाबाट निर्णय भई स्वीकृतिको लागि सिफारिस भएको थियो । नगर सभामा स्वीकृतिका लागि पेश भएका विषयगत क्षेत्रहरुमा विनियोजन भएको योजना तथा कार्यक्रमहरु संशोधन सहितको स्वीकृति गरिएको छ । उपमहानगरपालिकाको अन्तरगत तथा
सूचिकरण समितिबाट विभिन्न मितिमा पदपुर्ति सम्बन्धि भएको निर्णय अनुमोदन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको कार्यालय भवन निर्माणमा लाग्ने नक्सापास दस्तुर छुट गर्ने निर्णय भएको छ । असुल उपर गर्नु पर्ने बेरुजुलाई असुल उपर र नियमित तथा म्याद नाघेका पेश्कीहरुलाई फस्याैट सम्बन्धी कार्य गर्न कार्यदल गठन गरी कार्य अगाडि बढाउन नगर कार्यपालिकालाई निर्देशन दिने निर्णय भएको मेयर महतले बताए ।
गत असारमा सम्पन्न भएको नगर सभाबाट अख्तियारी प्राप्त गरी नगर प्रमुख स्तरीय निर्णयबाट सञ्चालन भएका अनुसुची ‘घ’ बमोजिमका योजना तथा कार्यक्रमहरु अनुमोदन गरिएको छ । यस उपमहानगरपालिकाबाट भए गरेको पूर्वाधार निर्माण एवम् कार्यक्रमहरुको मंसिर मसान्तसम्म नगरस्तरीय योजना तथा कार्यक्रमहरुका फरफरक समितिबाट फरफरकका लागि सिफारिस भएको निर्णय अनुमोदन गरिएको छ ।
१२७ योजनामा कार्यान्वयनमा आठौ नगरसभा बैठकमा चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा गरिने कामका विषयमा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी गराएकी थिईन् ।
पुर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको स्वीकृत ४ सय २९ वटा कार्यक्रमहरु मध्ये १ सय २७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएको बताइन् । सडक पूर्वाधार तर्फ ३७ वटा स्ल्याव ढलान सम्पन्न भई १२ किमी स्ल्याव ढलान सडक निर्माण भएको लामाले बता जानकारी दिइन् । हाल ९० वटा चालु अवस्थामा र ३ सय २ वटा योजनाहरु सम्झौताको चरणमा रहेको उनले नगरसभामा जानकारी दिएकी थिईन् ।
उपमहानगरपालिकाको गौरवका आयोजनाहरुको रुपमा रहेका वडा नंम्बर ४, ५ र ८ को मध्य भागमा रहेको कर्रा कोरीडोर योजनाको प्रथम चरणको कार्य सम्पन्न भएको भन्दै वडा नम्बर १० मा रहेको एकिकृत बस टर्मिनल निर्माणको लागि निर्माण व्यवसायी सँग सम्झौता समेत भईसकेको बताएकी हुन् ।