मकवानपुर/ ग्रामीण क्षेत्रका सर्वसाधारणहरूमा स्वास्थ्य सेवाकाे पहुँच अभिवृद्वि गर्न गाउँपालिका स्तरमा भरलाग्दा स्वास्थ्यसंस्थाहरू बन्ने भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको काम आजबाट सुरु भएको छ । अस्पतालको नेकपाका केन्द्रीय सदस्य तथा समकवानपुर क्षेत्रनम्बर २ का सांसद विरोध खतिवडाले शिलान्यास गरे ।
यस गाउँमा अस्पताल निर्माण भएपछि सामान्य बिरामी हुँदा पनि जिल्ला अस्पतालसम्म धाइरहनुपर्ने बाध्यता हट्ने खतिवडाले बताए ।
कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए । अस्पताल निर्माण भएपछी धेरैलाई सहज हुने उनले बताए । शिलान्यास कार्यक्रममा मकवानपुरगढी ५ का वडा अध्यक्ष जितबहादुर घिमीरे, ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको उपस्थिति थियो ।