मकवानपुर/ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७६/०७७ को सामाजिक परीक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले गैससहरुले सामाजिक विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताए ।
स्थानीय, प्रदेश तथ संघीय सरकारले गर्नुपर्ने काममा गैससहरूको सहकार्य हुदा विकास दीर्घकालीन हुने बताए । कार्यक्रममा भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती राना, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तानलगायतले ग्रामीण महिला सेवा केन्द्रसँगको सहकार्यमा सामाजिक विकासको काम धेरै भएको बताए ।
केन्द्र अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रम कार्कीले संस्थाको हालसम्मको छोटकरी प्रगती विवरण प्रस्तुत गरेकी थिइन् । ग्रामीण क्षेत्रमा किशोर किशोरी, युवा महिलाको नेतृत्व क्षमता अभिवृद्धि गराईएको कार्कीले बताइन् । आपसको सिकाई तथा अनुभव आदनप्रदान गर्ने,स्रोत साधनमा महिलाको पहुँच तथा नियन्त्रण वृद्धि गर्ने जस्ता कार्यक्रम गरिरहेको अध्यक्ष कार्कीले बताइन् ।
चालू आर्थिक वर्षमा जारी कार्यक्रमहरु सन्चालनमा भने कोभिडको कारण केही प्रभाव परेको केन्द्रका कार्यकारी निर्देशक कमल फुयाँलले बताए । स्थानीय तहको बालसभागिता, किशोरी मैत्री स्वास्थ कार्यक्रम रहेको उनले बताए ।
आर्थिक वर्ष २०७६/०७७ मा ग्रामीणको विभिन्न कार्यक्रमबाट ५ हजार ३ सय ८१ जना लाभान्वित भएको कार्यकारी निर्देशक फुयालले बताए ।