मकवानपुर / बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बि.कले जलवायु परिवर्तनको विषय आमाचासोको बिषय भएको बताएका छन् ।
जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपायहरुको पहिचान, प्रदेश स्तरिय परामर्श कार्यशाला गोष्ठीमा बिकले यस्तो बताएका हुन् । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रमुख सचिव बिकले जलवायु परिवर्तनको असरले बाँझोपना जस्तो गम्भीर समस्या समेत आउने बताए । ‘यो क्रसकटिङ’ बिषय भएकोले एक क्षेत्रमा असर पर्दा सिधै अर्को क्षेत्रमा पनि असर पुग्ने उनले बताए । ‘सबैतिर क्षेती हुने भएकोले यसको असरलाई न्युनतम बनाउन तर्फलाग्नुपर्छ’ उनले भने ।
जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासको नयाँ मोडलको खोजी जरुरी रहेको उनले बताए । विकास पनि हुने जलवायु परिवर्तनको इस्युमा पनि नकारात्मक प्रभाव नपर्ने गरि कामगर्नु पर्ने उनले बताए । ‘मानवीय जीवनस्तर उकास्ने गरि वातावरण मैत्री ढंगको विकास गर्नुपर्छ’ उनले भने ।
कार्यक्रममा उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय बागमती प्रदेश सचीव सिन्धुप्रसाद ढु·नाले जलवायु परिवर्तनको असरले प्रदुषण पनि बढिरहेको बताए । जलवायु परिवर्तनको असर बिस्तारै तर गम्भीर देखिने उनले बताए । जलवायु परिवर्तनमा नेपाल जिम्मेवार नभए पनि सजकता अपनाउदै जिम्मेवारी निर्वाह गर्नु पर्ने उनले बताए ।

जलवायुसँग अनुकुल हुनको लागि नेपालीले नीति र विधिगत रुपमै काम थाल्नुपर्ने उनले बताए । बागमती प्रदेशको सबै जिल्लामा कुनै न कुनै रुपमा जलवायूको असर देखिएको उनले बताए । ‘कृषि, उर्जा, वातावरण, प्रकोप जस्ता क्षेत्रमा असर छ’ उनले भने ‘महिला, आदिवासी, सिमान्तकृत समुदायमा बढि असर पर्छ,यिनै क्षेत्रमा अनुकुलताको क्षमता बढाउनु जरुरी छ ।’ सरकारले यस्तै तथ्यलाई मध्यनजर गर्दै योजना बनाएको उनले बताए ।
बागमती प्रदेशमा चितवन जिल्लामा तापक्रम बढ्नेदर उच्च रहेको उनले बताए । यसैगरी वार्षिक वर्षाको दर बागमती प्रदेशमा सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी र त्यसपछि सिन्धुली र दोलखा जिल्लामा रहेको कार्यालयले जनाएको छ । तर वर्षभरी बर्सातको दर भने सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम रहेको बताइएको छ ।