- सम्झना घिमिरे
मकवानपुर/कानुनले दिएको अधिकार उपभोगमा लागिपर्नुपर्ने बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बताएका छन् । महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न आवाज नउठाए र अधिकार प्राप्त नलडे स्वतः अधिकार प्राप्त नहुने बताएका हुन् ।
एकल महिला तथा द्वन्द प्रभावित महिलाहरुको सवालमा आधारित प्रदेश तथा राष्ट्रिय स्तरको हेटौंडामा आयोजित छलफलमा बोल्दै उनले यस्तोकुरा बताएका हुन् । ‘अब पनि महिलाहरु अघि बढ्न खोज्दा पोथि बास्यो भन्ने मानसिकता बाँकी छैन’ उनले भने ‘आज समाज परिवर्तन हुदै गर्दा महिलाले ३३ प्रतिशत अधिकार प्राप्त गरेका छन् ।’ अब महिलाले ५० प्रतिशत अधिकार प्राप्त गर्नुपर्ने प्रदेश प्रमुख प्रसाईले बताए । महिलालले कहिल्यै हिनताबोध गर्नु नहुने बताउँदै उनले भने ‘महिला राष्ट्रपतिसम्म हुने हैसियत राख्दछन्, हिनता बोध किन गर्नुहुन्छ, जाग्गनु पर्छ, डटेर अधिकार लिनु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय समावेसी आयोगका कार्यबाहक अध्यक्ष विष्णु ओझा, नेपाली काग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक मिरा चौधरी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा लगायतकाले महिलाको अवस्था सुधारको लागि अझै धेरै कार्यहरु गर्नुपर्ने औल्याए । व्यवस्थामा सुधार आयो तर, अवस्थामा सुधार नआएकोले अबको लडाई अवस्था सुधारको लागि हुुनुपर्ने वक्ताहरुले बताए ।