सन्दर्भ १,
कोरोनाको त्रासमा लामो समय घरैमा बसेका बालबालिकाहरु अब विद्यालय जान थालेका छन् । तर, कोरोनाको त्रास मनबाट हटेको छैन । मनबाट मात्रै हैन, कोरोनाको संक्रमण कम भएको पनि छैन । दिनहुँ संक्रमित हुने क्रम जारी छ । सिङ्गाे शैक्षिक सत्र नै घरमा बसेर सकिने अवस्था आएपछि सिकाइ प्रक्रिया नियमित गर्न थालिएको छ ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ७ स्थित बुद्धधर्म निम्न माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएपछि ग्रामिण भेगका बालिबालिका विद्यालय आउन थालेका छन् । तर विद्यालय आउने दैनिकी समय अनुसार फेरिएको छ । अचेल सदाझैं विद्यार्थीहरु सरासर कक्ष कोठामा जाँदैनन्, आपसमा भेटिएपछि झ्याम्मिन र खेल्न पनि पाउँदैनन् । कलिलो मानलपटलमा भौतिक दुरीलाई ध्यान दिनुपर्ने बाध्याता छ, उनीहरुलाई आदत पनि पर्दै छ । व्यक्तिगत सरसफाइमा उनीहरु विस्तारै अभ्यस्त हुँदै छन् । विद्यालय परिसरमा पसेपछि सबैभन्दा पहिलो उनीहरु हात धुने स्थानमा पुग्छन् । हातले धारा खोलिरहनु पनि पर्दैन । यस्सो गोडाले थिच्यो धारा खोलिन्छ । धाराहरु बालमैत्री छन् । धारासँगै साबुन र ह्याण्ड वासि· लिक्वुड राखिएको छ । पालैपालो हात धुन्छन् र कक्षा प्रवेश गर्छन् उनीहरु, कक्षामा भौतिक दुरी कामय गरेर बस्छन् ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ को शारदा माध्यमिक विद्यालय, वडा न. २ हेमकर्ण आधारभुत विद्यालय, वडा नम्बर ४ को मनकामना आधारभुत विद्यालयका बालबालिकाहरुको पनि यसैगरी सुरु हुन्छ विद्यालय समय । जिल्लाको मनहरी गाउँपालिका स्थित युवा वर्ष गंगा निमावि, राष्ट्रिय रोटरी मावि र ब्रह्मकालि निमाविमा हाल धुने स्थानको व्यवस्था यसैगरी गरिएको छ ।
‘सामान्य सरसफाइको कुरा त पहिले पनि सिकाउने गरेका थियौ, कोरोनापछि हात धुनेलगायतको स्वास्थ्य सरसफाइको कुरो पहिलो प्राथमिकतामा पारेर सिकाउने गरेका छौं’ बुद्धधर्म माविका प्रध्यानाध्यापक यादवप्रसाद अधिकारीले भने । शिक्षा सिक्ने थलोबाट नै सरसफाइको कुरालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेपछि विद्यार्थीमात्रै हैन घरघरका अभिभावकहरुलाई पनि सन्देश पु-याउन सहज भएको छ ।
विद्यालय स्वास्थ्य सुरक्षाबारे उच्च सतकर्ता अपनाएका विद्यार्थीहरुले घरमा पनि आफ्ना साना साना भाई बहिनीहरुलाई यो सिप सिकाउने गरेको पाइएको छ । कोरोनापछि समस्याको समाधान खोज्दै निश्चित मापदण्ड अपनाएर खोलिएका स्कुलहरुमा स्वास्थ्य सुरक्षार्थ सहयोगी बनेको छ सिमित सामाजिक संस्था । विद्यालयमा स्वास्थ्य सुरक्षाको अभियानमा सघाउँदै मकवानपुरगढी र मनहरी गाउँपालिकामा राली इन्टरनेशलको आर्थिक सहयोगमा सामाजिक संस्था राडो नेपालले विद्यालयमा हात धुने स्थान राखिदिएपछि गाढी गाउँपालिकामा मात्रै १ हजार १ सय ६३ विद्यार्थी तथा ६२ जना शिक्षकहरु प्रत्यक्ष लाभान्वित भएका छन् । दुबै स्थानीय तहमा १ लाख १० हजारको दरले हात धुने स्थानको व्यवस्था गरिएको संस्थाका कार्यक्रम संयोजक विष्णु धितालले बताए ।
सन्दर्भः २,
मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका –१ कि सृजना थिङ कोरोनाको कारण तनावमा थिइन् । कारण थियो आफ्नो स्वास्थ्य अवस्था । गर्भवति अवस्थाकी उनी नियमित स्वास्थ्य जाँचको लागि अस्पताल जान चाहन्थिन् तर डर थियो कोभिड संक्रमण हुने । सामान्य स्वास्थ्य जाँच बारे जानकारी पाएकी उनलाई गर्भावस्थामा खानु पर्ने पौष्टिक आहारको बारेमा जानकारी नभएको
बाउँछिन् । गर्भमा बच्चा रहेको २८ हप्तापछि कोरोनाको संक्रमणको जोखिम बढी हुनेभन्ने थाहा पाएकी उनलाई यसकुराले तनाव दिन्थ्यो ।
तर तनाव लिएरमात्रै हुन्न, आफ्नोतर्फबाट सुरक्षाको उपाय अपनाउनु पनि जरुरी छ । सुरक्षित हुनको लागि नियमित सरसरफाइसँगै खानपानमा ध्यान दिएको उनले बताइन् । रोजगार खोसिएपनि आफ्नो सिपको सदुपयोग गर्दै र भएको जग्गामा मेहनत गरेर स्वरोगार बन्दै स्वस्थ भएर बाँच्ने कोशिसमा लागेको उनले बताइन् । आफ्नो बगैचामा उत्पादन भएको तरकारी तथा फलफुलले आफ्नो स्वास्थ्य राम्रो हुन्छ भने, सिमित पैसाको लागि जागिर मात्रै किन भन्ने धारणाको विकास भएको उनले बताइन् ।
गर्भावस्थाकी सपना भम्जन (मकवानपुरगढी–१) ले पनि आफ्नो स्वास्थ्यवस्थालाई ख्याल गरेर अपनाउनु पर्ने सुरक्षित व्यवहारबारे जानकारी हासिल गरेकी छन् । तत्काललाई केही पौष्टिक आहार संस्थालहरुले दिए पनि हामीले यस्ता पोषण सधैं खानु पर्छ र यसको लागि आफैं उत्पादनमा लाग्नु पर्छ भनेर काम सुरु गरेको उनले बताइन् ।
कोभिड –१९ बाट प्रभावित भएर आय आर्जनमा परेको नकारात्मक असरले गर्भवती तथा सुत्केरी महिलाहरुमा पोषिलो खाना खाने सन्देश सहित गाउँपालिकाको विकट वडाहरु १ र ८ मा रहेका सबै
सुत्केरी तथा गर्भवतिहरुलाई पोषण किट वितरण गरिएको राडो नेपालका कार्यवाह अध्यक्ष रामजी सापकोटाले बताए । यि दुई वडाका १ सय ३० घर परिवारलाई पोषण किट वितरण गरिएको फिल्ड अफिसर रोशन खनालले बताए ।
‘पहिलो धेरै कुराहरु थाहा थिएन, आफ्नो स्वास्थ्य संझेर, कोरोनाको कारणले पनि तनाव त हुन्थ्यो नै स्वास्थ्य सन्देश पाएपछि आफूलाई सहज बनाएँ’ उनले भनिन् । राडोले वितरण गरेको स्वास्थ्य सन्देशबाट आफूले बच्चालाई नियममित स्तनपान, आमा र शिशुको खोप,गर्भावास्थासँग जोडिएका भ्रम तथा झुटहरु, नियमित खानुपर्ने पौष्टिक आहार, देखापर्न सक्ने खतराको लक्ष्यणहरु जस्ता सन्देश समावेश भएको सामग्री राम्ररी अध्ययान गरेको उनले बताइन् ।
सन्दर्भः ३,
मकवानपुर गढी–३ का ६५ वर्षीय गुणनीधी दाहाल आधुनिक औजारको सहायताले फर्निचर व्यवसाय चलाइरहेका छन् । परम्परागत औजारको सहायताले फर्निचर निर्माण गर्दै आएका उनी अब आधुनिक हतियारको सहायताले सहज तरिकाले काम गर्न पाउँदा खुसी छन् । स्वरोजगार बन्नको लागि बीउँपूजि स्वरुप उनलाई राडो नेपालमार्फत २५ हजार बराबरको आधुनिक सामग्री सहयोता प्राप्त भएपछि ढल्कदो उमेरमा काममा सहजता महसुस गर्ने भएका हुन् । ‘बुहारी
(तुलसा) पनि मेरो काममा सघाउँछिन, उनैको नाममा यि औजार सहयोग प्राप्त भएको हो’ उनले भने ।
स्वरोगार बन्नको लागि हौसला मिलेको छ गढी ३ कै युवा नवराज अर्याललाई । गाई फार्म सञ्चालन गर्दै आएका उनले भिरालो जग्गामा तरकारी खेति गर्ने मनासाय बनाए । तर पानीको समस्या देखियो । ३ सय मिटर तल खोल्साको पानी माथि तानेर जम्मा गर्दै भिरालो जग्गा रसिलो बनाएर तरकारी फलाउने उनको रहरलाई पनि राडो नेपालले सहजिकरण गरिदिएको छ ।
उनैको आवश्यकता अनुसार पाइप र पानी तान्ने मिसेन खरिदको लागि २५ हजार बराबरको सामग्री किन्न सहयोग गरेपछि उनी अहिले गाई पालनसँगै तरकारी खेतिमा लागि परेका छन् । उनले १६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका छन् । साना लगानीमा स्वरोजगार बन्न चाहना राख्नेहरुलाई उनीहरुले गर्दै आएको व्यवसायमा सम्बन्धित गाउँपालिकाको सिफरीसमा लक्ष्यित वर्गका युवाहरुलाई बिउ पुँजिको रुपमा जनही २५ हजार बराबरको सामग्री खरिदमा सघाएको थियो । यो कार्यक्रम अन्तरगत ६० घरपरिवारले लाभ लिएको गाउँपालिकाले जनाएको छ ।
सन्दर्भ ४,
कोरोनाको कारण मानसिक समस्या एक्कसी बढ्यो । व्यापार व्यवसाय, बन्द भए, दैनिक
ज्यालादारीमा गुजारा चाल्नेहरुले काम पाएनन्, निजी क्षेत्रमा काम गर्नेहरुको नोकरी नै गुम्यो यस्ता कारण नियमित आम्दानी टुटेपछि परिवार चलाउन समस्या सिर्जना भयो । यस्ता समस्याले तनावग्रस्त भएपछि आत्महत्यासम्मको घटना भए । मानसिक समस्यापछि देखापार्ने लक्ष्यण, समाधानको उपाय, परिवारको सदस्य तथा आपसको व्यक्तिहरुले गर्ने व्यवहार तथा भूमिकाको बारेमा जानकारीको आवश्यकता बढ्दो छ । कोभिडको समयमा बालबालिका लगायत सबै वर्गका व्यक्तिलाई मानसिक समस्या कुनै न कुनै रुपमा देखिएको छ ।
कोभिडपछि वैकल्पिक सिकाईको क्रममा अनलाईन शिक्षालाई लिँदा अनलाईनबाट बालिबालिकाहरु झनै असुरक्षित भएको गुनासाहरु एकातिर छन् भने सिकाईलाई निरन्तरता गर्नुपर्ने जिम्मेवारी एकातिर छ । बालबालिका अनलाईनमा सुरक्षित राख्न नसक्दा पनि उनीहरुमा मानसिक समस्या आइपरेको छ । यि विषयका बारेमा पनि सुरक्षाको सन्देश ब्रुसरमार्फत गाउँगाउँ पु¥याएको छ । कोरोनाको कारण सर्वत्र समस्या देखियो । समस्या सिर्जना भएपछि समस्यादेखि लकुेर मात्रै पनि समाधान भेटिदैन ।
सामुदायिक स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्दै आएको यो संस्थाले विद्यालयसँगै सामुदायिक स्वास्थ्यमा पनि स्वास्थ्य सन्देश पु¥याएको छ । सामाजिक सञ्जालबाट पनि यस्ता सन्देशहरु प्रचार गर्ने गरिएको छ । राडोले सञ्चालन गरेको अनलाईन सामाजिक सञ्जालको अभियानमा हालसम्म १० हजारभन्दा बढी युवाले लाभ लिएका छन् ।
स्थानीय सरकारले स्थानीय तहमै रहेर स्वरोजगार बन्न चाहने युवाहरुलाई आफ्नै गाउँठाउँमा टिकाउनको लागि स्वरोजगारमूलक कार्यक्रमहरु ल्याएपछि गाउँमा निजी फर्महरु खोल्ने क्रम बढेको छ । स्थानीय तहहरुसँगको समन्वय तथा सहकार्यमा सामाजिक संघसंस्थाहरुले होस्टेमा हैंसे गर्दा युवा शक्ति विदेश पलायन हुनबाट रोक्ने, स्वस्थ तथा तन्दुरुस्त नयाँ पिढीको लागि गरिएका यि सानासाना उदाहरणहरु मात्रै हुन् । जसमा १ सय ११ जना विद्यालर्थीहरुले कोभिडको समयमा विभिन्न माध्यमबाट पाँच विषयमा अनुसन्धान गरेका थिए ।
कोभिडको कारण बढेको लैङ्गिक हिंसा, कृषि उद्यममा परेको प्रभाव, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, मानसिक क्षेत्रमा परेको प्रभाव दैनिक ज्यालादारी र कोभिडको समयमा अग्रभागमा बसेर काम गर्नेहरुमा परेको प्रभावका बारेमा अन्ययन गरिएको थियो । उक्त अध्ययनपछि संस्थाले केही साना साना प्रयासबाट ठुला खुसिहरु जगाउने प्रयास गरेको थियो ।
कोभिडको कारण बढेको लै·िक हिंसा, कृषि उद्यममा परेको प्रभाव, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, मानसिक क्षेत्रमा परेको प्रभाव दैनिक ज्यालादारी र कोभिडको समयमा अग्रभागमा बसेर काम गर्नेहरुमा परेको प्रभावका बारेमा अध्ययन गरिएको थियो । उक्त अध्ययनपछि संस्थाले केही साना साना प्रयासबाट ठुला खुसिका आधारहरु जगाउने प्रयास गरेको थियो ।
देशको राजनैतिक अवस्था जे जस्तो भएपनि तल्लो तहमा सबेर दैनिक गुजारा चलाउने वर्गहरुको लागि साना साना लगानीबाट ठुला ठुला खुसीको आधारहरु तय गर्न सबैले हातेमालो गर्नु जरुरी छ । (सहीखबर साप्ताहिक प्रिन्ट संस्करणबाट)