मकवानपुर । मानव बेचबिखन पीडित प्रभावितहरुको उद्वार स्वदेश फिर्ती पुनर्स्थापना बारे समन्वय बैठक हेटौंडामा भएको छ ।
बैठकमा सहभागीहरुले कामको सिलसिला भोग्दै आएको चुनौतीबारे छलफल गरिएको थियो । एटविनको आयोजनामा भएको कार्यक्रम स्वदेश फिर्तीपछि प्रभावितको व्यवस्थापनमा चुनौती रहेको बताएका थिए । कोरोना भाइरस (कोभिड-१९) को समयमा स्वदेश फिर्ता ल्याईएका सबैजसो महिलाको बच्चा साथमा रहेको, बालबालिकाको पहिचानको समस्या भएको बारे एटविनको महासचिव बालकुमारी दर्लामीले बताइन् ।
मानव बेचबिखन, बलात्कार जस्ता घटनाबाट प्रभावितहरुलाई उद्वारको क्रममा अधिकारकर्मीहरु आफै पनि समस्यामा पर्नु परेको मान अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सन्जाल मकवानपुरको सह संयोजक माया लामाले बताइन् । आन्तरिक बेचबिखनको समस्या सबैभन्दा चुनौतीको रुपमा रहेको उनले बताइन् । उद्वार तथा फिर्तीपछी ल्याईएका प्रभावितहरुलाई संरक्षणमा समस्या भएको उनले बताइन् । सन्जाल भित्र काउन्सिलर, अधिवक्तालगायत सबैको उपस्थिति भएकोले काम गर्न सहज भएपनि न्यायको पाटोमा कठिनाइ भोग्नु परेको उनले बताइन् । न्यायको क्रममा मुद्दा दर्ता गर्नै नसकिने, दर्ता भए पनि होस्टाइल हुने जस्ता समस्या भएको उनले बताइन् ।
फिर्तीपछि समाजमा पुनर्स्थापना हुन असहज हुने गरेको , सन्तानको पहिचान नभएको, क्षेतिपुर्तीको प्रक्रिया झन्झटिलो भएको उनले बताइन् । प्रभावितको अभिभावकले घटना बाहिर ल्याउँदा परिवारको अन्य सदस्यको इज्जतमा समस्या हुने भन्दै पिडकलाई कानुनी दायरामा ल्याउन नचाहने गरेको लामाले बताइन् ।
विद्यालयको ड्रप आउट बढेको र उनीहरु पीडित प्रभावित हुनसक्ने अवस्थामा रहेको सहभागीले बताए । कार्यक्रममा बेचविखनबाट प्रभावित भएर फर्केकाहरुलाई समाजमा सम्मानपुर्वक पुनस्थापना गराउने बारे विद्यालय स्तरको पाठ्यक्रममा पनि समाबेश गराउनु पर्ने जस्ता सवाल उठाईएको थियो ।
कार्यक्रममा एटविनको अध्यक्ष नातीसरा राईले राज्यबाट जिम्मेवारीपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् । कार्यक्रम मकवानपुरमा रहेर मानव बेचबिखन बिरुद्व तथा पीडित प्रभावितको पक्षमा कार्यरत संघसंस्थाहरु प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्लान नेपालको आर्थिक सहयोगमा मानव बेचबिखन विरुद्व सक्रिय संस्थाहरुको सन्जाल एटविन समन्वय बैठक गरेको हो । बैठकबाट प्राप्त सुझावलाई संकलन गरि नीति निर्माण तहमा सरकारलाई प्रदान गरिने बताइएको छ ।
मानव बेचबिखन पीडित प्रभावितहरुको समन्वय बैठक हेटौंडामा
