मकवानपुर/ जिल्ला प्रहरी कार्यालय नुवाकोटमामा कार्यरत प्रहरी हवल्दार शिवप्रसाद अर्याल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार मंसिर महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरीएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसंगको समन्वयमा स्थानीय समुदायकै सहभागीता रहने गरी निर्माण गरिएको समिति बनाई नुवाकोट जिल्लाको अस्थायी प्रहरी पोष्ट सिमुटारको जिर्ण भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गरेकोलगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी हवल्दार शिवप्रसाद अर्याललाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा छनौट गरेको हो ।
घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको छ । प्रहरी हबल्दार अर्याल सहित मंसिर महिनामा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।
प्रहरी हबल्दार अर्याल महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भए भने अन्य १४ जना आ–आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएको प्रदेश प्रहरी कार्यालयको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षम मीरा चौधरीले बताइन् ।