मकवानपुर । शुक्रबार देशभर थप १ हजार २९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना भाइरसलाइ जितेर घर फर्किनेको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी शुक्रबार थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ६ जनाकाे नमुना परीक्षण गरिएकोमा ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा ४ सय २७ जना तथा ९ हजार ३ सय १७ जना आइसोलेसनमा रहेका छन् ।