मकवानपुर । मकवानपुरमा बिभिन्न पार्टी परित्याग गरी १३ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा बैद्य माओवादी समूहका मकवानपुर जिल्ला तदर्थ समिति संयोजक एवं दलित संघका केन्द्रीय सदस्य तथा नेकपा र राप्रपाका १३ जना रहेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा बैद्य माओवादीका जिल्ला तदर्थ समितिका संयोजक कैलाश गाउँपालिका ९ का हरि विश्वकर्मा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यसैगरी भीमफेदी गाउँपालिका १ का नेकपाका सक्रिय कार्यकर्ता ज्ञानु लामा, अमिर लामा, विजय लामा, दावा लामालगायत नेकपा र राप्रपाका १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यस्तै नेता बानियाँ निवासमै भएको पार्टी प्रवेश कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ का हरिबहादुर बस्नेत र विक्रम योञ्जन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेता बानियाँ, कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सदस्य मिलन परियार लामालगायतले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।