मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत को लोथरमा मंगलबार राती भएकाे माेटरसाइकल दुर्घटनामा १ जनाकाे ज्यान गएकाे छ ।
राेकी राखेकाे ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएकाे छ ।
मंगलबार राती १०:३० बजे उक्त सडक खण्डमा रोकिराखेको ना८ख ५३३७ नम्बरकाे ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठाेकिदाँ गम्भीर घाइते भएका माेटरसाइकल चालक उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।