मकवानपुर । रोट्र्याक्ट क्लब अफ हेटौंडाले भिमफेदी बालमन्दिरलाई न्यानो कपडा र खेलकुद सामग्री सहयोग गरेको छ ।
रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष उदिप अचार्यले ४१ थान ज्याकेट, ३६ थान टाउजर, खेलकुद सामग्री फुटबल, चेस, भ्याडमिन्टन र लुडो बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगरलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्य रहेको थियो । भीमफेदी बालमन्दिरमा अभिभावकविहिन ३५ जना बालबालिका आश्रित रहेको बाल संगठन मकवानपुरका सभापति सारुले जानकारी दिए ।