मकवानपुर । नेपालमा ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको छ। यसअघि शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ थियो। पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २ सय ३१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसअघि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ।