मकवानपुर । मकवानपुर प्रहरीले २ सय २० विगाहा गाँजा खेती फडानी गरेकाे छ । लागूऔषधकाे रुपमा प्रयाेग हुने गाँजा खेती जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले उक्त परमाणमा गाँजा खेती फडानी गरेकाे हाे ।
प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरो समेतकाे संलग्नतामा ८६ जनाको प्रहरी टोलिले मंशिर २० देखि २४ गतेसम्म मकवानपुरकाे राक्सिराङ गाँउपालिकाकाे विभिन्न वडाका २ सय २० विगाहामा लगाइएकाे गाँजा खेती नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
प्रहरीले मकवानपुरकाे राक्सिराङ गाँउपालिका वडा नं. २, ३, ४, ५, ८र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका स्थानहरुमा गरी कुल २ सय २० विगाहा लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरेकाे प्रवक्ता रानाले बताए ।