- सम्झना घिमिरे
प्यारि छोरी निकुञ्ज,
तिमी मेरो जिवनमा आएको पनि ११ बर्ष पुरा भइसकेछ । म आफु २१ वर्षको उमेरमा तिमीलाइ जन्म दिएकी थिएँ । आज स्वयम् जन्मदिन मनाइरहँदा तिम्रो र आफनो जीवनको परिकल्पनासँगै तुलना गदैछु ।मैले मेरी आमालाई पुर्ण नारी बनाएकी, हैन किनकी मभन्दा अघि आमाले दुइ सन्तानलाई जन्म दिनुभयो ।
तर तिमीले मलाई पुर्ण नारी बनाएकी हौ । तिमी कोखमा आएदेखि मातृत्वको अनुभूति गरेकी मैले । तिम्रो भ्रुण अवस्थाको पहिलो भिडियो एक्सरे गर्दा तिम्रो मुटुको चाल महसुस गरिरहँदा आँखाले खुसि मनाएको अनुभूति अझै ताजा छ । तर तेही अनुभूति मेरी आमाले गर्न पाएनुभएन । जब तिमी यही अनुभूति गरिरहेकी हुन्छौ त्यो परिस्थिति भने अर्कै हुनेछ ।
मेरो कोखभित्र भइरहने तिम्रो सलबलाईसँगै मेरा आँखामा धेरै सपनाहरु सजिएका थिए । तिम्रो हुर्काइसँगै मेरा सपनाहरु पनि हुर्किरहेका छन्। थाहा थिएन मेरो कोखमा तिमी छौ तर चाहना भने मेरो तिमी नै थियो । मनमा छोरी सुरक्षित छैनन् भन्ने बोध हुदै गर्दा मेरो मनमा आफु हुनु प्रतिको गर्व पनि उत्तिकै उच्च थियो र छ पनि । म जस्तै तिमीलाई पनि आफु प्रति गर्व महसुस होस् ।
त्यो दिन २०६६ श्रावण ३१ गते रातको समयमा म हस्पिटलको बेडमा छटपटाइरहेको थिएँ । प्रसव पीडाले छटपटाइरहँदा समेत तिम्रै कुशल जन्मको कामना थियो । नेपालमा सुरक्षित रुपमा सुत्केरी नहुँदा कयौ आमाहरुले ज्यान गुमाइरहेका छन् । जब समय आयो तिमीले यस धर्तिमा पाइला टेक्ने तब म मात्र हैन तिमी पनि बल प्रयोग गर्दै थियौ ।
तिम्रो आवाज सुने, मेरो आत्माले ठुलो सन्तुष्टि पायो । नर्सले सोधिन् ‘के चाहनुहुन्छ ?’ मैले भए भरको स्वास बटुलेर भने ‘छोरी’ । नर्सले बधाइ दिदै तिमीलाई मेरो छातिमा टासिदिदै रहर पुरा भो तपाईंको ल हेर्नुस भन्दै थिइन । मेरा हर्षले एकछीन अघि टुटेका शरिरका २० वटै हड्डिहरु जोडिएर निको भएको झै भए । मेरो हातका हत्केलामा अट्ने तिम्रो स्वरुप यति तिक्ष्ण थिए की लाग्दैथ्यो तिमी जति राम्री यो संसारमा मैले आज अघि न कैले देखेकी थिए न त देख्नेछु ।
तिमीलाई हत्केलामा खेलाउँदै गर्दा मनमा यो समाजमा छोरीले जुनसुकै उमेरमा पनि आफ्नो ज्यान यसरी नै आफ्नै हत्केलामा राखेर हिड्नु पर्ने सम्झेर मन ढक्क फुल्छ । जन्मिएको २ महिनाका शिशु देखि ७५ वर्षसम्मका वृद्धा समेतले बलात्कार जस्तो घिनलाग्दो अपराधको सिकार हुनुपरेको छ ।
तिमी हुर्कदै गयौं । मेरो मनमा डर र रहर सँगसँगै हुर्किरहेका छन् । एकैपल आँखाबाट ओझेल भए आत्तिने मन अझ पनि उस्तै छ । समाजमा धेरै घटना ‘क्लोज रिलेसनसिप’ बाटै हुने गरेका छन् । आफ्नैलाई बलात्कार गर्दा घटना बाहिर जाँदैन भन्ने मनसायको कारण पनि बालिका/महिला
असुरक्षित छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत आव २०७६।७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । यो वर्ष सुरु भएयता देशभर साउनमा मात्र २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । पछिल्लो तथ्यांकलाई हेर्दा साउनमा सबैभन्दा बढी बलात्कारका घटना भएको पाइएको छ । समाजमा सायद सुरक्षित भएर बाँच्ने अवस्था यदि थियो भने मैले तिमीलाई बारम्बार भनिरहँनु पर्ने थिएन ‘म नआउन्जेल ढोकाको चुकुल नखोल्नु है, तिमी पढ्न होस या अन्य कामले बाहिर जाँदा बाटोमा परिचित या अपरिचित जो कोहिले दिने खानेकुरा नखानु है, कुनै केटा साथीहरुसँग हिमचिम नबढाउनु है, साथीहरुको घर नजानु है, साथमा पिन या कलमहरु सदा सहज भेटिने गरि राख्नु है ताकि कसैले छुन खोजे हतियारको रुपमा प्रयोग गर्न काम आउँछ । तिमीलाइ मैले आत्मरक्षाको सिप दिइराख्नु पर्ने थिएन । तिमीलाइ मैले दिनहुँ जीवनको पाठहरु र छोरी भएकै कारण आउन सक्ने चुनौतीको बारेमा पढाउनु पर्ने थिएन । तिमीलाइ बारबार समयको परिधिमा राख्नु पर्ने थिएन ।
पारिवारिक होस या शिक्षकहरुबाट हुने हर व्यवहारहरुको बारेमा सोधिरहनु पर्ने थिएन । आफ्नै शरिरका संबेदनशील अंगहरुको राम्रो संग ज्ञान नभइकनै तिमीलाई तिम्रो यौनाङ तथा बक्षस्थलमा कसैले एकोहोरो हेरिरहे या त छुने प्रयास गरे उक्त व्यक्तिको आचरण र सोचाइ गलत छ है सम्हालिएर हिड्नु भन्नु पर्ने थिएन । मेरी आमाले झैं तिमीलाई हरसमय साथमा राखेर हुर्काउन पाउने परिवेशमा कहाँ थियौ र हामी । तिम्रो बाबा र म पालैपालो कुरेर हुर्काएका छौ जतनले । मेरी आमाले जसरी मेरो सुरक्षा गरेकी थिइन तेसैगरी मैले तिम्रो सुरक्षामा कसर छोडेकी छैन । पुरुषप्रधान मुलुकमा तिमी र म सुरक्षित रहन सक्ने अवस्था छैन भनेर पढाउन पनि सक्दिन किनकी प्रधान पुरुष मात्र भो पुरुषको सोच प्रधान भएन यहाँ ।
पुरुषप्रधान मुलुकमा तिमी र म सुरक्षित रहन सक्ने अवस्था छैन भनेर पढाउन पनि सक्दिन किनकी प्रधान पुरुष मात्र भो पुरुषको सोच प्रधान भएन यहाँ
कोरोनाको करह आइलाग्यो । यसले पनि बलात्कृत हुनेको संख्या ह्वात्तै बढ्यो । चैत ११ गते यता देशभर हरेक दिन कम्तीमा पनि २ वटाका दरले बलात्कारका घटना भएका छन् । अझ सबैभन्दा धेरै उपत्यका र प्रदेश ५ मा बलात्कारका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैतदेखि साउन मसान्तसम्म प्रदेश–५ मा सबैभन्दा धेरै ९० भन्दा बढी मुद्दा दर्ता भएका छन् भने उपत्यकामा ८७ वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक उपत्यकामा १२ वटा बालयौन दूराचारका घटना भएका छन् ।
मंशिर ३ गते मात्र मकवानपुरको पुर्वी बागमती गाउँपालिका वडा नंबर ७ लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिन साँझ ६ बजेदेखि हराएकीमा पाख्रिनकै घरबाट उत्तर तर्फको ह्वाङ्ग खोल्सामा मृत अवस्थामा ६ः४० बजेको समयमा फेला परेकी थिइन । निजको शरिरको टाउकोमा गहिरो चोट देखिनुका साथै रगत लतपतिएको, विभिन्न अङहरुमा चोट भएकी ति बालिकाको बलात्कार पश्चात हत्या भएको आशंकामा दुइ युवाहरुलाइ नियन्त्रणमा लियो । तिमीले यही समाचार झट्ट सुनेपछि म सामु बालिका मारेको रिसमा झोक्किदै आएर मामु यो बलात्कार भन्या चाहि के हो भनेर प्रश्न ग-यौ । मलाई फेरी पीडाबोध भयो ।
तिमी प्रति मेरो थप जिम्मेवारी बढेको छ । बलात्कार के हो भन्ने शब्दको ज्ञान नहुदै अधिकांश बालिकाहरु यसको शिकार हुनुपरेको छ । अरुका छोरी चेलिलाइ तरुण देख्ने पुरुषले आफ्ना छोरी चेलिलाइ कसरी सुरक्षित राख्न सक्लान् ? के सिकाउलान् आफ्ना प्यारा प्यारा छोरी र छोराहरुलाई ? मनभरी यस्तै पश्न आइरहन्छन् ।
मैले मेरो छोरालाइ राम्रो संस्कार सिकाउनु पुर्व, आमा बुबा शब्द सिकाउनु पुर्व नै बलात्कार शब्दको पहिचान गराउनु पर्ने भान परिरह्यो । मैले जन्माएर विरूपका तिम्रा कोमल तेल लगाउदै सेकेका अंगहरुलाइ मानवता नभएका पुरुषको नजरबाट विवाह नहुन्जेलसम्मका लागी कसरी बचाउने र सोच्दैमा बिताउनु पर्ने अवस्था आएको छ । तिमी जीवनको दोस्रो सिँढीमा छौ । तिमीलाइ रजस्वला के हो भन्ने समेत थाहा नहुदै शारीरिक परिपक्कता देखियो । मानसिक रूपमा कोमल तिमी शारीरिक रुपमा सबैको तारो बन्ने बेला आएको छ । नेपालमा बलात्कारको सिकार हुनेमध्ये सबैभन्दा धेरै पीडित कम उमेरका छन् ।
१५ वर्षमुनिका ६० प्रतिशत यो अपराधको सिकार हुने गरेको पाइएको छ । त्यस्तै ११ देखि १५ वर्ष बिचका पीडित सबैभन्दा धेरै छन् । गत आवमा यो उमेर समूहभित्रका ७ सयभन्दा बढी व्यक्ति पीडित रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । तिमी प्रति मेरो थप जिम्मेवारी बढेको छ । बलात्कार के हो भन्ने शब्दको ज्ञान नहुदै अधिकांश बालिकाहरु यसको शिकार हुनुपरेको छ । अरुका छोरी चेलीलाई तरुण देख्ने पुरुषले आफ्ना छोरी चेलीलाई कसरी सुरक्षित राख्न सक्लान् ? के सिकाउलान् आफ्ना प्यारा प्यारा छोरी र छोराहरुलाई ? मनभरी यस्तै पश्न आइरहन्छन् ।