मकवानपुर / प्रेस काउन्सिल नेपालको सदस्य संगीत खड्काले पत्रकारहरुलाई सधैं आचार संहिता प्रति जिम्मेवार हुन आग्रह गरेकी छन् । पत्रका आचर संहिता र लैङ्गिक हिंसा निवारणका लागि मिडियाको भूमिका बिषयक अन्तक्रिर्या कार्यक्रम सदस्य खड्काले यस्तो बताएकी हुन् ।
प्रेस काउन्सिल नेपाल श्रमजीवी पत्रकार तथा स्वरोजगारमुखी मिडियाको समस्यामा सहजीकरणको लागि सधैं तयार रहेको उनले बताइन् । मकवानपुरको हेटौंडामा सोमबार आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रपत्रिका वितरण संपरिक्षणको बारेमा जिज्ञासा राखेको थिए । पत्रपत्रिका वर्गीकरणको लागि तोकिएको फारममा नै समस्या भएको सहभागीहरुले बताएका थिए ।
झुटा विवरण भर्नेको लागि बाध्य बनाउने ढाँचको फरम्याट, पत्रपत्रिकाको अवस्था अनुसार सत्यमा आधारित नतिजा नआएको जस्ता कारण समस्या भएको सहभागीले बताएका थिए । वर्गीकरणमा काउन्सिलको विशेष भुमिका नहुने तर समितिमा बोर्डबाट एकजना मात्रै भएपनि प्रतिनिधित्व हुने भएकोले सुझाव भने पठाईने खड्काले बताइन् । वितरण तर्फको मापदण्ड र वास्तविकता फरक भएको बारे बोर्डले यसअघि पनि सुझाव दिएकाे र अझै बाेर्ड यसकाे लागि तयार रहेकाे उनले बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, मकवानपुर अध्यक्ष हरि हुमागाईं, ब्रोकास्टिङ एसोसिएसन (वान) केन्द्रिय उपाध्यक्ष उज्वोल चौलागाईंलगायत पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको संयोजनमा भएको थियोे ।