मकवानपुर । हेटौंडा ८ मा शनिवार विहान भेटिएको पुरुष शवको पहिचान भएको छ । शवकाे सनाखत हुन नसकेकाेले मकवानपुर प्रहरीले शनिवार दिउँसाे मृतककाे हुलिया सार्वजनिक गरेकाे थियाे । हुलिया सार्वजनिक भए पछी मृतककाे पहिचान भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
मृतक मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर-६ का ५० वर्षीय सिताराम सुवेदीको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । शनिबार बिहान हेटाैडा वडा नंबर ८ को सनउड कोलोनिमा सुवेदीको शव फेला परेको थियो । उनी ३ दिन अघि घरबाट निस्किएको परिवारले बताएको छ । सुवेदीको परिवार शनिवार नै शवको पहिचान गरेकाे रानाले जानकारी दिए ।
सुवेदीको शव हेटौंडा अस्पतालमा राखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।