- भावना सापकोटा
समाजले कठोर बनाएर,म कमजोर भएँ
सँगै हुर्केका हामी, बहिनी र म
एउटै थालमा खाँदै पेट भथ्र्याै
लुकिडुमसँगै खेल्थ्र्यौ
चुङ्गी,गट्टा, खुट्टा नाघी
बहिनी कहिले हार्दिन थिन् मबाट
सँगै स्कुल जानेर आउने
सँगै नुहाउने,रुनेर हाँस्ने
जुध्ने र खेल्ने,रिसाउने र रमाउने
सबै काम एक साथ गथ्र्यौ बहिन र म
क्रमशः हामी हुर्कँदै गयौं
खेल फरक भयो बहिनीको र मेरो
ओछ्यान फरक भयो ।
बहिनीको र मेरो म दाजु
निर्धक्क खेल्न पाउने भएँ
साँझसम्म घर बाहिर
बहिनी आमासँगै घर धन्दामा लाग्थि
खाना बनाउनर घर बडार्न
लुगा धुनसमेत बहिनी बिस्तारै सिक्दै थिइन्
कहिलेकाहीँ बहिनीलाई सघाइ हाले पनि
आमा र हजुरआमा भन्नुहुन्थ्यो
हत् ! छोरा भएर पनि घरको
थाङ्ने धन्दामा अल्झेर हुन्छ
तिमीले त संसार थाहा पाउनु पर्छ
केही कुरा चित्त नबुझ्दा
बहिनी रुँदै त्यो कुरा माग्थि
आमा फकाएर उसलाई बुझाउनु हुन्थ्यो
त्यही कुरामा म रुँदा,
छोरा मान्छेले आँसु
झार्नु हुँदैन बाबु भन्नू हुन्थ्यो ।
हामी बढ्दै गयौ,
बहिनीको सानो सफलतामा
परिवार खुसी हुुँदै गयो
छोरा मान्छेले अझ धेरै गर्नुपर्छ
सानो सानो कुरामा अल्झेर मात्र हुँदैन
परिवार भन्दै जान्थ्यो ।
घर चलाउने जिम्मेवारी
अब तिम्रो काँधमा आयो,
कसरी सम्हाल्छौ परिवार
कसरी सम्हाल्छौ घर
घरको बोझ काँधमा बोकेर
हिड्नु मेरो विवशता भयो
अफिसमा काम गरेर लखतरान हुँदा
थाकेको महसुस गर्न नमिल्ने
आफूलाई अत्यावश्यक पर्ने कामसमेत
आफैँले गर्न नपाउने हुँदा
दिन प्रतिदिन परजीवीझैँ
जीवन बाँचिरहेथेँ ।
महिनामा चार दिन खाना बनाउनसमेत धौ धौ पर्ने मलाई
लगाउने लुगा पनि अरुले ठिक पार्दिनु पर्थ्याे
पीडाले मन भरिएर आउँदा
दिल खोलेर रोएर मन हल्का पार्न सक्दिनथेँ
दुखको कुरा अरुसँग गर्न पनि सक्दिनथेँ
म छोरा मान्छे,
टार्ने पु¥याउने सबैलाई गर्थें
आफ्नो लागि केही गर्न नसक्दा
उमेर बितेको यतिका समयपछि
बल्ल थाहा भयो मलाई
घर बाहिरको संसार पछ्याउँदै गर्दा
घर भित्रको संसार छुट्दै गएछ ।