मकावनपुर । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा हेटौंडा उपमहानगरपालिकाले शनिबार ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
वर्षभरी आफ्ना क्षेत्रमा महत्वपुर्ण काम गरेको भन्दै हेटौंडा ५ की मिना चौरेल, हेटौंडा १० की भागिरथी चालिसे, हेटौंडा १२ का पार्वती नगरकोटी, हेटौंडा १४ की पार्वती नगरकोटी र हेटौंडा १५ की सोविता थापालाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सम्मान गरेका हुन् ।
‘कोभिड–१९ को रोकथाम र स्वास्थ्यका लागि संयुक्त कार्यः महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भूमिका अपरिहार्य’ भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत नबराज घिमिरे, सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सिना, स्वास्थ्य अधिकृत भोला चौलागाई लगायतको उपस्थिती रहेकाे थियो ।