मकवानपुर । हेटौंडा ८ स्थित कोलोनिमा शनिबार विहान भेटिएकाे पुरूषकाे शवकाे मकवानपुर प्रहरीले हुलिया सार्वजनिक गरेकाे छ । मृतककाे सनाखत हुन नसकेकाेले हुलिया सार्वजनिक गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शनिबार विहान भेटिएकाे शव अन्दाजी ४०/४५ वर्षको पुरुषको भएकाे कपडा हल्का पहेँलो रंगमा अगाडी सेतो कालो रंगमा बिरालोको टाउको चित्र भएको फुल बाउले हुक लगाएकाे, अगाडी छातीमा ADIDAS लेखेको बाउलामा फिक्का हरियो बिट भएको प्रहरीले. जानकारी दिएकाे छ ।
यस्तै हल्का निलो रंगको फुल टिसर्ट, सो भित्र खैरो सेतो तेर्सो लाईन भएको टिसर्ट, खैरो रंगको कपडाको पाईन्ट, सो भित्र खरानी रंगको ट्राउजर र पहेँलो जनै लगाएको, बर्ण गँहु गोरो, शरिर पातलो, बाहुन क्षेत्री जस्तो देखिने, कपाल छोटो रहि अगाडी हल्का फुलेको, हल्का जुँगा पालेको, लाम्चो अनुहार, उचाई अं. ५ फिट ५ ईन्च, नाम थर वतन नखुलेको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मृतक पुरुषको लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा ल्याई राखिएको प्रहरीले जनाएकाे छ । मृतकको हालसम्म सनाखत हुन नसकेकोले सार्वजनिक हुलिया अनुसारकाे मृतकलाई चिन्नुहुने सर्वसाधारणले नजिकैको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेकाे छ ।