मकवानपुर । हेटौंडामा १ जना पुरुषको शव फेला परेको छ ।शनिबार बिहान उपमहानगरपालिकाको वडा नंबर ८ को कोलोनिमा अन्दाजी ४०/४५ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मनिङ्ग वाक गर्ने मानिसले कोलोनि नजिकको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भईरहेको र थप कुरा अनुसन्धानपछि खुल्ने मकवानपुर प्रहरीले जानकारी दिएको छ ।