मकवानपुर / मकवानपुरगढी गाउँपालिकाका ४० परिवारलाई बाख्रा वितरण गरिएको छ ।
राली इन्टरनेशनल नेपाल र राडो नेपालको सहकार्य तथा मकवानपुरगढी गाउँपालिकाको सहकार्यमा बाख्रा वितरण गरिएको हो ।
राडो नेपालका कार्यवाहक अध्यक्ष रामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वयसमिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंलगायतको उपस्थिति रहेको थियो । राडो नेपालको युथ कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत गाउँपालिकाको ८ वटै वडाका युवाहरुलाई लक्षित गरी आर्थिक उपार्जनमा सहयोग गर्न बिउ पुँजिको रुपमा सहयोग प्रदान गरिएको राडो नेपालका लजिस्टीक अफिसर राजु लम्सालले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाका थप २० जना युवाहरुलाई अन्य आयआर्जनमूलक व्यवसायका लागि सहयोग गर्ने योजना रहेको फिल्ड संयोजक रोसन खनालले बताए ।