मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शक्रबार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ।
देशभर शनिबार थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । हाल देशभर १८ हजार ८३ जना सक्रिय सङ्क्रमित छन् ।