मकवानपुर / कोरोना भाइरस (कोभिड १९) को कारण बालबालिकाको मौलिक हक समेत गुम्न थालेको बताइएको छ । सिविन बाल हेल्प लाइन मकवानपुरको आयोजनामा विहीबार भएको भर्चुअल अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोत व्यक्ति बद्री वाग्लेले यस्तो बताएका हुन् ।
बालबालिकाहरुले कोभिडपछि स्वास्थ्य सेवा अन्तरगत नियमित खोप, पोषण अभियान, स्वास्थ्य, सरसफाई, सिकाई जस्ता पक्षमा धेरै नै समस्या भएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोत व्यक्ति वाग्लेले बताए । कोभिड १९ बाल अधिकार, बाल न्याय र बाल संरक्षण विषयमा अन्तरधार्मिक सञ्जाल एवम् अन्य सरोकारकावालाहरुको लागि अभिकमुखकिरण भएको थियो ।
कोभिडको कारण बालबालिकासँगै किशोरीहरु पनि बढी जोखिममा रहेको उनले बताए । कोभिडको कारण बालबालिकाहरु नियमित विद्यालय जना पाएका छैनन, विद्यालय बन्द हुँदा किशोरीहरुको अब सहज अवस्था भएपछि पनि पुनः विद्यालय फर्कने सख्या घट्ने संभावना उच्च रहेको उनले बताए ।
विद्यालय बन्द हुँदा विद्यालयमार्पmत वितरण गरिदै आएको पोषणयुक्त आहारमा कमी आएको छ । कोभिडकालमा घरघरमा बढेको हिंसाको शिकार कुनै न कुनै रुपमा बालबालिका पीडित भएको, बालबालिकाहरु हिंसा शोषण र दुव्र्यवहारको घटनामा विगतमा भन्दा धेरै बढेको उनले बताए । ‘हिजोका दिनमा जसरी हामीले वकालत गर्दै आएका थियौ, अब यसलाई फरक रुपमा अझै गहिरायिमा पुगेर सोच्नु पर्नेछ,’ उनले भने ‘बालबालिकाको सरोकार भनेको सरकारी वा गैरसरकारी निकायको मात्रै हैन, हामी सबैको सरोकारको विषय हो ।’
कोभिडकालमा सबैजसो क्षेत्रमा बालबालिकहरु असुरक्षित बन्दै आएकोले विगतमा बालबालिकाको लागि जति लाडाइ गरिएको थियो अब झन् फराकिलो सोच बनाएर कार्य गर्नु पर्ने उनले बताए । अनलाइन शिक्षाको लागि बालबालिकाहरुको पहँुच इमेल इन्टरनेटमा बढेको तर यसले बालबालिकालाई झन् असुरक्षित बनाएको उनले बताए ।
कोभिडको कारण बालविवाहको घटना ह्वात्तै बढाएको र यसले आगामी बिसौं वर्षसम्म सबैक्षेत्रमा असर रहने सहभागीहरुले बताएका थिए । बाल विवाह निदानको लागि बालिका र किशोरी सशक्तिकरण, प्रविधिमैत्री, जीवनपयोगी शिक्षा, कानुन र नीतिको सुदृढीकरण र कार्यान्वयनको पाटोमा पनि सोच्नु पर्ने वाग्लले बताए ।
बाल न्याय प्रणाली र विद्यामान कानुनी प्रक्रियाबारे पनि उनले सहजिकरण गरेका थिए । मकवानपुरको बकैया हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाको बालमैत्री सहजकर्ताहरु, अन्तरधार्मिक सञ्जालका प्रतिनिधिहरु, शिक्षकहरु सरकोकारलगायतको सहभागीता रहेको सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीले बताए । जनचेतना अभिवृद्धिको लागि फरक फरक समूहलाइ अभिमुखिकरण गर्ने शिलशिलामा यो कार्यक्रम गरिएको प्रमुख ज्ञावलीले बताए । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बाल विवाह मुक्त प्रदेश बनाउने अभियान अनुरुप कार्यक्रमहरु गर्दै आएको छ ।