मकवानपुर । हेटैडामा सुविधा सम्पन्न सभाहल निर्माण हुने भएक छ । हेटैडा उपमहानगरपालिकाक खाली रहेके जग्गामा सभाहल बागमति प्रदेश सरकारले सभाहल निर्माण सुरू गरेकाे हाे ।
शहरी विकास तथा भवन कार्यालय मकवानपुरले निर्माण गर्न लागेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार शिलान्यास गरेका छन् । सभाहल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले सभाहल हेटौंडाको गहना भएको वताए । हल निर्माणको काम छिटो सक्न निर्देशन दिदै मुख्यमन्त्री पैडेलले भने‘हल बैज्ञानिक र आधुनिक तरिकाले निर्माण गर्न लागिएको छ । यसपछी प्रदेशके कार्यक्रम गर्न सहज हुने छ ।’
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयालले प्रदेश सरकारले पुल, सडक, भवन निर्माणका काममा तिव्रता दिएको वताए । प्रदेशको राजधानी हेटौंडा र काठमाडाै जोड्ने सुरुङमार्ग निर्माण र अरु जिल्लासंग जोड्ने सडक निर्माणको कामले तिब्रता पाउने वताए ।
हेटौंडा उपमहानगरपालिका कार्यालयको प्रशासनिक भवन पछाडी रहेकाे खाली जग्गामा कुल ५ करोड २६ लाख ८३ हजार रुपैयाँ लागतमा सभाहल निर्माण गर्न लागिएको हो । सभाहल निर्माण भएपछी बागमती प्रदेश सरकार र उपमहानगरपालिकाले प्रयोग गर्ने उपमहानगरपालिकाले जनाएकाे छ ।
प्रदेश राजधानीमा रहेका सातवटा मन्त्रालयकाे सभाहल नरहेकाेले हेटाैडा उपमहनगरपालिकासँग समन्वय गरी सभाहल निर्माण गर्न लागिएकाे हाे । प्रदेश राजधानी रहेकाे हेटैडा उपमहानगरपालिकाको अाफ्नै सभाहल नहुँदा कार्यक्रम गर्नका लागि समस्या हुने गरेको थियो । सभाहल निर्माण पछी यस्ता खालका समस्या हट्ने र हलको स्वामित्व उपमहानगरपालिकाको हुने मेयर हरि बहादुर महतले वताए । सभाहलमा साना र ठुला कार्यक्रम गर्नका लागि सहज हुने छ । यसअघि उपमहानगरपालिकाको नगरसभा तथा अन्य कार्यक्रम र प्रदेश मन्त्रालयले कार्यक्रम गर्दा पाटी प्यालेस, विद्यालयका हल, पल्पसा सभागृहमा गरिदै आएका थिए । सभाहलमा चार सय जना अट्ने क्षमताकाे हुने बताइएकाे छ ।
सभाहल शिलान्यास हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको हे । कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।
यसै गरी बुधबार बागमती प्रदेश सभाके सभाहल समेत निर्माण गरिने गरी कार्य थालिएकाे छ । बागमती प्रदेशको राजधानी हेटौंडा ताेकिए पछी प्रदेश सभाकाे लागि सभाहलकाे अभाव थियाे । हेटैडा स्थायी राजधानी भएसंगै प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको हाे । कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हल निर्माण गर्न लागिएको बताइएकाे छ ।

हेटौंडा १० टिसिएनमा रहेको प्रदेशसभा भवनसंगै सभाहल पनि निर्माण गर्न लागिएको हो । सभाहलको बुधबार सभामुख सानुकुमार श्रेष्ठले शिलान्यास गरेका छन् । २ सय ५० जना अट्ने क्षमताकाे सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहने छ । भवनको शिलान्यास गर्दै सभामुख श्रेष्ठले समय भन्दा अगाडीनै काम सक्नका लागि निर्देशन दिए । प्रदेशका सवै मन्त्रालयका भवन एकै स्थानमा बनाउने तयारी रहेको उनले वताए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले तीन तहकै सरकार मिलेर काम गरेर देखाउने चरणमा लागेको वताए । हरेक विकास निर्माणका काम तीन तहका सरकार र जनसहभागितामा काम द्रुत गतिमा अगाडी वढेको उनले वताए । कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेकै सांसदले प्रयोग गर्न सक्नेगरी छिटो सभाहल निर्माण सक्न आग्रह गरे ।
कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।